भारतीय हस्तक्षेपविरुद्ध साहित्यकारहरुद्धारा कबिता आन्दोलनको घोषणा

विदुर खबर २०७६ मंसिर २२ गते २१:५०

नुवाकोट । कालापानी लिपुलेक र लिम्पियाधुरा लगायत सिमानाहरुमा भारतीय हस्तक्षेप विरुद्ध युबा मार्क्सवादी साहित्यकारहरुले सडक कबिता आन्दोलन घोषणा गरेका छन् ।

Advertisement

देशको रास्टियता माथि भैरहेको बिदेशी हस्तक्षेप विरुद्ध उनिहरुले आफ्नो सिर्जना मार्फत खबरदारी गर्न खोजेको उनिहरुले जानकारी दिएका छन् ।सामाजिक संजाल मार्फत कार्यक्रम घोषणा गर्दै कबिहरु रसुवाली कबि ,युबा गजलकार एबम कबि बिपि बिद्रोही कबि दिपेन सिमखडाले आफुहरुले रास्टियताको पक्षमा सडकमा जानु परेको बताएको छ।

पछिल्लोपटक भारतले जारी गरेको नक्समा कालापानी लगायत क्षेत्र भारतमा गाभेपछी देशब्यापी आक्रोश पोखिरहेको सन्दर्भमा यो नौलो अभियान लिएर युबा साहित्यकारहरु सडकमा आउनु क्रान्तिकारी कदम भएको बामपंथी नेता एबम लेखक रजमान तामाङले बताए।सडक कबिता आन्दोलन दुताबासको भित्तामा कविता टास्ने लगायत कार्यक्रम रहेको कबि रसुवालिले बताए ।

Advertisement

प्रतिक्रिया