नुवाकोटमा वनका कर्मचारीले दिनथाले भटाभट राजिनामा
नुवाकोट । डिभिजन वन कार्यालयमा कर्मचारीले भटाभट राजिनामा दिन थालेका छन् ।
कर्मचारीले जागिर अवधिमा पाउने औषधी उपचार खर्च वापतको तलब सुविधा नपाउने भएपछि राजिनामा दिन थालेका हुन् । मंसिरदेखि ६ जना कर्मचारीले राजिनामा दिइसकेका छन् । उनीहरुको राजिनामा स्वीकृत भइसकेको छ, वन कार्यालयका सूचना अधिकारी लोकनाथ न्यौपानेले भने,‘राजिनामा आउने क्रममा बढेको छ ।’ मंसिर पहिलो सातासम्ममा ६ जना कर्मचारीले राजिनामा बुझाइसकेका छन । राज्य व्यवस्था समितिले सरकारलाई नयाँ निजामति सेवा ऐन ल्याएर औषधी उपचार खर्च कटौती गर्नू भन्ने निर्देशनपछि कर्मचारीहरुले ऐन नआउदै भटाभट राजिनामा दिन थालेका हुन् ।
सरकारले तह अनुसार निम्नस्तरदेखि खरदारसम्म २१ महिना, सुब्बासम्म १८ महिना र अधिकृतस्तरदेखिमाथि १२ महिनाको औषधी उपचार खर्च वापत रकम पाउने व्यवस्था छ । बनमा ४४ दरबन्दी छ । अहिले ३२ जाना कार्यरत छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













आज क्रिसमस डे मनाइँदै, सार्वजनिक बिदा
नुवाकोटको सूर्यकुण्ड हाईड्रोको आईपीओ खुल्यो
चिलिमे हाइड्रोपावरको बम्पर लाभान्स घोषणा
नेपाल टेलिकमले ३० प्रतिशत लाभान्स दिने
निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना





प्रतिक्रिया