सांसद तामाङद्वारा ल्याण्डफिल साईडको अनुगमन
नुवाकोट क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हित बहादुर तामाङ सहितको टोलीद्वारा बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरिएको छ ।
सांसद तामाङले काठमाडौ उपत्यकाको फोहोर विसर्जन गर्दै आएको सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण भईरहेको बञ्चरेडाँडा ल्याण्डफिल साईडको अनुगमन गरी यसको अवस्थाबारे जानकारी हासिल गर्नुभयो ।
वास मिडिया फोरम नेपालले आयोजना गरेको ‘वास बहस, श्रृंखला तीन’ मा सहभागी हुन सिसडोल पुग्नु भएका सांसद तामाङले सोही मौकामा बञ्चरेडाँडा ल्याण्डफिल साईडको पनि अनुगमन गर्नुभएको हो । उहाँले साईट इञ्जिनियरहरुसँग बञ्चरेडाँडा ल्याण्डफिल साईडको निर्माणको अवस्थाबारे जानकारी लिनुभएको थियो ।
‘हामीले सिसडोलको अवस्था पनि बुझ्यौं, तोकिएको समयभित्रै बञ्चरेडाँडा निर्माण सम्पन्न भएन भने भयावह अवस्था आउन सक्छ, त्यसैले जनशक्ति थप गरेर भएपनि यसलाई समयमै सम्पन्न हुने अवस्थामा पु¥याउनुहोस्’ उहाँले साईट इञ्जिनियरलाई निर्देशन दिनुभयो ।सहरी तथा भवन निर्माण विभागले बञ्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माणको काम लुम्बिनी – कोशी एण्ड न्यौपाने जेभीलाई ठेक्का दिएको छ । एक वर्षभित्र काम सम्पन्न गर्ने गरी ठेक्का पाएको कम्पनीले ८ महिना गुजारिसकेको छ । २०७६ बैशाख २२ मा भएको ठेक्का सम्झौता सकिन अब ४ महिना मात्र बाँकी छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया