दुप्चेश्वर मेलाको तयारी पुरा,१० लाख भत्तजन भित्राउने तयारी
नुवाकोट । धान्य पूर्णिमाको अवसरमा लाग्ने दुप्चेश्वर मेलाको सबै तयारी पुरा भएको छ ।
मंसिर २३, २४, २५ र २६ गते लाग्ने मेलामा भक्तजनले पूजाआरधना तथा भगवान शिव महादेव प्रतिको अस्थाभाव प्रकट गर्न सुरु गरिसकेको मन्दिरका पुजारी पण्डित भगवानहरी धितालले बताए । राउतबेंसीका स्थानीयवासी बासे तामाङको गाई तादी नदी किनार छेउको भीरमा पुगी बच्चा जन्माएर भगवान्लाई दूध चढाई बसेको स्थानलाई भक्तजनले वाग्मतीको दोस्रो पशुपतिनाथका रुपमा पछिल्लो दुई सय वर्षदेखि पुज्दै आएका छन् ।
भक्तजनले ‘जे माग्यो त्यो सिद्ध गराउने’ महादेवले सन्तानमध्ये पनि पुत्रलाभ गराउने विश्वास गरिँदै आएको छ । अविवाहितलाई जोडी प्रदान, पशुचौपाया नब्याएमा दाम्लो चढाएमा गर्भाधान, बोली नफुटेका बालबालिकालाई दर्शन गराएमा बोल्न सक्ने वरदान दिने भनी दुप्चेश्वरको प्रख्याति छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा भक्तजनले पुज्नेसमेत गरेका छन् ।
समुद्रमन्थन गर्दा निक्लिएको कालकूट विष सेवनपछि छट्पटिनुभएका शिव पशुपतिनाथ हुँदै दुप्चेश्वरमा बास बसेर गोसाइँकुण्ड गएको किंवदन्ती पनि छ । यहाँ धान्य पूर्णिमा र फागु पूर्णिमामा विशेष मेला लाग्ने गरेको छ । मेलामा तामाङ झाँक्री र तिनको ढ्याङ्ग्रो मुख्य आकर्षक रहन्छन् ।
सर्वसाधारणले ‘जे माग्यो त्यो सिद्ध गराउने’ भगवान्को रूपमा विश्वास गर्दै नुवाकोट, रसुवा, धादिङ, काठमाडांै हुँदै नेपाल तथा भारतलगायतबाट समेत भक्तजनहरू दुप्चेश्वर महादेवको मन्दिरमा पूजा आराधना गर्न आउने गरेको मन्दिर रहेको गाउँपालिकाका प्रमुख योविन्द्रसिंह तामाङको भनाई रहेको छ ।
मन्दिरको परिसरमा पसल राख्नेहरू, सेवा पु¥याउने सामाजिक संस्थाहरू, सुरक्षा व्यवस्थाको बन्दोबस्तीले पनि धान्य पूर्णिमाको अवसरमा लाग्ने मेलाको रौनकता अघिल्लो वर्षहरूको भन्दा बढ्ने तथा पाँच देखी दशलाख सम्म भक्तजन भित्र्याउने लक्ष्य रहेको प्रमुख तामाङले वताउनुभयो।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु
बट्टार क्याम्पसमा छात्रवृत्ती वितरण तथा सातकोठे कक्षाकोठा भवनको सिलान्यास सम्पन्न





प्रतिक्रिया