बसको ढोकाबाट खस्दा एकको मृत्यु
विदुर खबर
२०७६ मंसिर २१ गते १८:१७
काभ्रेपलाञ्चोकको धुलिखेल नगरपाकिला–११ तिरतिरे धारास्थित विपी राजमार्गमा आज बिहान यात्रुबाहक बसको ढोकाबाट खस्दा एक जनाको मृत्यु भएको छ ।
कांकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना ६ ख ९१३८ नम्बरको बसको ढोकाबाट खस्दा गम्भीर घाइते भई उपचारका लागि धुलिखेल अस्पताल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताउनुभयो । मृत्यु हुनेमा झापाको तोपगाछी–७ बस्ने वर्ष ४२ का खड्गनारायण श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
गाडीको ढोका छेउमा उभिएर चुरोट खाँदै गरेको अवस्थामा हात फुत्केर लडेको प्रहरीले जनाएको छ । बस र चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको गिरीले बताउनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया