सिसडोलको समस्या प्रधानमन्त्रीलाई दर्शाउछु : तामाङ
नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सांसद हित बहादुर तामाङले काठमाडौको फोहोरबाट आक्रान्त सिसडोलबासीको समस्यालाई प्रधानमन्त्री समक्ष पुर्याईने बताउनुभएको छ ।
यसअघि संसदको विकास तथा प्रविधि समितिले गरेको अनुगमनको निष्कर्ष प्रधानमन्त्री कार्यालयसम्म पुर्याए पनि त्यसको ठोस कार्यान्वयनका लागि पहल नभएकाले अब प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर यस सम्बन्धी जानकारी गराउने बताउनुभयो । शुक्रबार वास मिडिया फोरम नेपालले नुवाकोटको सिसडोलमा आयोजना गरेको ‘वास बहस, श्रृंखला तीन’ मा प्रमुख वक्ताको रुपमा सहभागी सांसद तामाङले यसका लागि नास्टको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्नुपर्नेमा जोड दिनुभयो । ‘सिसडोलमा फोहोर विसर्जन गर्ने स्थलबाट कति किलोमिटर टाढासम्म बस्ती बसाल्न मिल्ने, नमिल्ने बारे नास्टको प्रतिवेदन आउनुपर्यो, त्यसपछि फोहोर फाल्न बन्द गरेर यसक्षेत्रको हरियाली प्रवर्धनका क्रियाकलापहरु तत्काल अगाडि बढाउनुपर्यो’ उहाँले भन्नुभयो ।
सांसद तामाङले सिसडोल ल्याण्डफिल साईडको विकल्पमा निर्माण सुरु गरिएको बन्चरेडाँडा स्यानिटरी ल्याण्डफिल साईड निर्माणको काम समेत सुस्त गतिमा भईरहेकाले तत्काल कामलाई गति दिलाउन पहल गरिने बताउनुभयो । ‘निर्माण सुरु भएको ७/८ महिना भईसक्यो । जम्मा २५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । बाँकी ४/५ महिनाभित्र कसरी सम्पन्न हुन सक्छ ? यसको आधार पेश गर्नुपर्यो । काठमाडौ महानगरपालिका, सहरी विकास तथा भवन निर्माण विभाग लगायतलाई तत्काल काममा तिब्रता दिन म पहल गर्नेछु’ उहाँले भन्नुभयो ।
सहरी तथा भवन निर्माण विभागले २०७६ बैशाख २२ मा लुम्बिनी–कोशी एण्ड न्यौपाने जेभीलाई एक वर्षमा काम सम्पन्न गर्ने गरी ठेक्का दिएको थियो । ठेक्का सम्झौता सकिन ४ महिना मात्र बाँकी रहँदा अझै ७५ प्रतिशत काम गर्नै बाँकी छ । ‘वास बहस’ मा सिसडोल संघर्ष समितिका अध्यक्ष विश्वास डिसीले फोहोर र मान्छे एकै ठाउँमा राख्न नमिल्ने भन्दै यसलाई छुट्याउन आग्रह गर्नुभयो । ‘दुनियाँमा कतै फोहोर र मान्छे एकै ठाउँमा राखेको देखेको छैन, यहाँबाट कि मानवबस्ती हटाएर फोहोर मात्र फाल, कि त फोहोर फाल्न बन्द गरेर मानव बस्ती राख, हाम्रो माग यत्ति मात्र हो’ उहाँले भन्नुभयो ।
दुईबर्षका लागि फोहोर फाल्ने सम्झौता गरेर १४ बर्षसम्म निरन्तर फोहोर फालेको प्रति स्थानीयबासिन्दाले आक्रोश व्यक्त गरे । ‘फोहोरको कारणले कति मानिसलाई क्यान्सर भएको छ, कतिलाई दिर्घ रोग लागेको छ । लिचेड (फोहोरको झोल) सीधै कोल्पु खोलामा मिसाईएको छ । सिसडोलभन्दा तलतिरको खेतीयोग्य जमिन अन्न नफल्ने भएको छ यसको क्षतिपूर्ति कसले गर्छ’ उहाँले आक्रोश व्यक्त गर्नुभयो ।
कार्यक्रममा काठमाडौ महानगरपालिका वातावरण व्यवस्थापन विभागको वातावरण व्यवस्थापन महाशाखा प्रमुख निर्मल बरालले बञ्चरेडाँडा ल्याण्डफिल साईड समयमै निर्माण सम्पन्न गरी सिसडोल ल्याण्डफिल साईडमा फोहोर फाल्न बन्द गरिने जानकारी गराउनुभयो ।उहाँले सिसडोल क्षेत्रको विकासका लागि काठमाडौ उपत्यकाको १८ वटै नगरपालिकाको योगदान रहने गरी कोष स्थापना गर्ने र सोही कोषबाट खर्च गरिने बताउनुभयो । काठमाडौ महानगरपालिका सिसडोल क्षेत्रको दिर्घकालीन विकासको नेतृत्व गर्न तयार रहेको उल्लेख गर्दै उहाँले स्थानीय बासिन्दाले उठाएका समस्याहरु मेयर फोरममा प्रस्तुत गरेर समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













निरञ्जना मन्दिरमा देवीको वहान प्रतिस्थापना
नुवाकोट महोत्सवको तयारी तिव्र
रवि, कुलमान र बालेन्द्रबीच एकताकाे प्रयास जारी
“बार डे: जेन जी आन्दोलन र बार रुपान्तरणको सवाल”
सुनको भाउ ऐतिहासिक उचाईमा,एकैदिन ३ हजार ४ सय रुपैयाँले बढ्यो





प्रतिक्रिया