नेपाली चलचित्र “कृ” को साथमा सामसङ मोबाइल

विदुर खबर २०७४ फागुन २ गते ३:२७

काठमाडौं  । सामसङ मोवाइलले नेपाली चलचित्र “कृ” सँग ब्राण्ड समन्वय  गरेको छ ।

सुरेन्द्र पौडेलद्वारा निर्देशित एवं अनमोल के.सीद्वारा अभिनित “कृ” चलचित्रमा सामसङको ग्यालेक्सी एस ८ प्लस प्रयोग अनमोल के.सीले गरेको देखाइएको छ । नेपाली चलचित्रका दृश्यहरुमा समेत सामसङ मोबाइलको प्रयोगबाट नेपाली समाजमा मोबाइल सम्पर्कको विशेष माध्यम हुँदै आएको सामसङले जनाएको छ ।

हलिउड तथा बलिउडमा भने यस्तो प्रयोग पहिलेदेखि नै हुँदै आएको छ ।

“चलचित्रले समाजको भावनालाई प्रतिबिम्बित गर्दछ । नेपाली चलचित्रमा यो उत्पादनको प्रयोग भएको पाउँदा हामी अत्यन्त खुसी भएका छौं । यसले हामीलाई ग्राहकहरुसँग नजिक हुने राम्रो अवसर पनि प्रदान गरेको छ । “कृ” चलचित्रको माध्यमबाट नेपाली दर्शकमा ख्याति प्राप्त अनमोल के.सीसँग सम्बन्धित हुन पाउँदा हर्षित छौ,” आइ एम बिज, सामसङ नेपालका प्रमुख प्रणय रत्न स्थापितले भने ।

प्रतिक्रिया