लगनगाँठो कस्दै नायिका ऋचा शर्मा

विदुर खबर २०७६ मंसिर १९ गते २०:५७
अभिनयमा पारंगत मानिने अभिनेत्री ऋचा शर्माले आउँदो शनिबार घरजम बसाउने भएकी छन् ।
राजधानीमा रहेको लबिम मलका म्यानेजर दिपेक्क्ष विक्रम राणासँग उनले मंसिर २१ गते लगनगाँठो कस्न लागेकी हुन् । उनले मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् विवाहको मिति घोषणा गरेकी हुन् । २ वर्ष लामो प्रेम सम्बन्धलाई ऋचाले विवाहमा परिणत गर्न लागेकी हुन् ।
दिपेक्क्षसँग अभिनेत्री ऋचा प्रेम सम्बन्धमा रहेको कुरा गएको बैशाखमा नै खुलेको थियो । उनीहरुले २०१९ को नयाँ वर्ष पोखरामा सँगै मनाएका थिए । तर, ऋचाले लामो समय प्रेम सम्बन्ध लुकाएर राखिन् । केही महिनायता भने उनले आफू प्रेम सम्बन्धमा रहेको र यसै वर्ष विवाह गर्ने जानकारी दिँदै आएकी थिइन् ।

प्रतिक्रिया