राज्यको नीतिलाई सहयोग गर्दा ग्लोबल दशकै ठूलो वाणिज्य बैंक बन्न सफल

विदुर खबर २०७६ मंसिर १९ गते २०:४१

नुवाकोट । ग्लोबल आइएमई बैंक दशकै ठूलो वाणिज्य बैंक बनेको छ । स्थापनाको १३ वर्षमै ग्लोबल आइएमई मर्जरबाट सबैभन्दा ठूलो बैंक बनेको हो ।

Advertisement

मर्जर तथा एक्वायरको पर्यायवाची नै बनेको यो बैंक १८ बैंक तथा वित्तीय संस्था आपसमा मर्ज भएर बनेको संस्था हो । पछिल्ला दुई दशकमा व्यवसायमा उल्लेख्य प्रगति हासिल गरेको आइएमई समूहका अध्यक्ष चन्द्र ढकाल बैंकका पनि अध्यक्ष छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका एसोसिएटतर्फका उपाध्यक्ष पनि हुन् ।

विभिन्न संस्थाहरु मर्ज गरेर ग्लोवल आइएमई बैंकलाई नम्बर वान बनाउन ढकालले ठूलो मेहनत गरे । यो स्टोरीमा त्यो कथा पनि उल्लेख गरिएको छ । ग्लोवल आइएमई र जनता बैंक मर्ज भई शुक्रबार ग्लोवल आइएमई बैंकको नाममा एकीकृत कारोबार गर्दैछन् । अध्यक्ष ढकाल निकै खुसी छन् । भन्छन्, ‘आफूले गर्न खोजेको काम सफल हुँदा खुसी नहुने को छ र ? यसको मतलब यो होइन कि म धेरै एक्साइटेड छु ।’

Advertisement

मर्जसँगै बैंकको चुक्ता पुँजी १९ अर्ब, कूल प्राथमिक पुँजी २४ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । यस्तो वित्तीय विवरण हाल सञ्चालनमा रहेका कुनै पनि बैंकको छैन । त्यसैगरी, ७७ वटै जिल्लामा ३०० भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल सञ्जाल ८ सय ३८ पुगेका छन् । त्यसैगरी, बैंकमा ३२५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक छन् ।

प्रतिक्रिया