चुनावमा सत्ता र शक्तिको दुरुपयोग : महत

विदुर खबर २०७६ मंसिर १९ गते २०:२५

नुवाकोट । नेपाली कांग्रेसका सहमहामन्त्रि डा.प्रकाशशरण महतले नेपाकाले उप–निर्वाचनमा सत्ता र शक्तिको दुरुपयोग गरेको आरोप लगाएका छन ।

Advertisement

नुवाकोटको ककनिमा नेपाल तरुण दल नुवाकोट क्षेत्र नम्बर १ ले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको समापनलाई सम्बोधन गर्दै सहमहामन्त्री महतले कम्युनिस्टहरु बिश्वभरबाट लोप भएर गएपनी नेपालमा भने झुठ र भ्रमात्मक प्रचारको कारन सत्तामा रहेको जिकिर गरे।नेपाल कम्युनिस्ट पार्टीको झुठ र भ्रमपुर्ण प्रचारका विरुद्ध जनतालाई सचेत बनाउन तिर केन्द्रित हुन तरुणका नेताकार्यकर्तालाई कांग्रेस सहमहामन्त्री महतले निर्देशन पनि दिए।

कांग्रेस प्रचारको बाटोमा कहिल्यै नलागेर जनताको काममा तलिन भएको भन्दै यस्ता कुरा जनतालाई बुझाउन तरुण दललाई जनसम्पर्क बढाउने काममा लाग्न सुझाव दिए।

Advertisement

महतले मंसिर १४ को उपनिर्वाचन कांग्रेसको लागि उपलब्धि मुलक भयो बताएका छन। सहमहामन्त्री महतले उपनिर्वाचनको नतिजाले सरकार गलत बाटोमा हिडेको पुष्टि गरेको पनि जिकिर गरे। उनले वर्तमान सरकारलाई उपनिर्वाचनले सच्चिन गतिलो सन्देश दिएको भन्दै सरकारलाई सच्चिन आग्रह गरे।

प्रतिक्रिया