ज्योति विकास बैंकले १२.७५ प्रतिशत बोनस शेयर दिने
विदुर खबर
२०७६ मंसिर १९ गते १२:१२
नुवाकोट । ज्योति विकास बैंकले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको छ।
बैंकले गत आवको वितरण योग्य जगेडा तथा कोषबाट १२.७५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो। मंसिर १८ गते सम्पन्न बैंकको सञ्चालक समितिको बैठले सो दरमा बोनस वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो बोनस शेयर वितरण गरिनेछ।
बैंकले अघिल्लो आर्थिक वर्षमा ८.४० प्रतिशत नगद लाभांश मात्र वितरण गरेको थियो। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा बैंकले १३ करोड ७९ लाख रुपैंया खुद नाफा आर्जन गरेको थियो। सो अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ८१ पैसा, प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८ पैसा र मूल्य आम्दानी अनुपात ८.९३ गुणा कायम भएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया