भुकम्पलाई बहाना बनाउँदै ककनी–बालाजु–त्रिशुली सडक ठप्प

विदुर खबर २०७६ मंसिर १९ गते ९:०७

नुवाकोट । भुकम्पलाई बहाना बनाउँदै ककनी–बालाजु–त्रिशुली सडक ठप्प भएको छ । 

६५ वर्षदेखि सञ्चालित बालाजु–ककनी–पीपलटार सडकखण्ड स्तरोन्नति भइरहेको छ। पटक–पटक म्याद थप गरे पनि काम पूरा भएको छैन। ५१ किलोमिटर दूरीको मुड्खु–ककनी–पीपलटार खण्डको मुड्खुबाट ककनीसम्म शारदाप्रसाद अधिकारीको शैलुङ कन्ट्रक्सनले ठेक्का पाएको थियो। २०७१ सालमै सक्नुपर्ने काम भूकम्पको बहानामा ठेक्का लम्ब्याउँदै लगेको हो। ५४ करोड रुपैयाँ लागतको काममध्ये ४४ प्रतिशत शैलुङ कन्ट्रक्सनले पाएको थियो।

Advertisement

काठमाडौंबाट नुवाकोट हुँदै रसुवागढी नाका पार गरेर चीनको केरुङ जोड्ने पासाङल्हामु मार्गको यात्रा बालाजु–पीपलटार सडकका कारण सास्तीपूर्ण बनेको छ। एक्जिम बैंक भारतको ऋण सहयोगमा बालाजु–ककनी–त्रिशूली खण्डको ५५ किलोमिटर सडक दुई खण्डमा बाँडेर स्तरोन्नतिको काम भइरहेको छ। ककनीबाट त्रिशूलीसम्मको खण्ड पनि यस्तै अलपत्र छ। ७० करोड रुपैयाँमा कोसी निर्माण कम्पनीले ठेक्का लिएको थियो।

प्रतिक्रिया