ग्लोबल आइएमई र जनता बैंकको एकीकृत कारोबार शुक्रबारदेखि

विदुर खबर २०७६ मंसिर १८ गते १७:१७

नुवाकोट ।  ग्लोबल आइएमई बैंक र जनता बैंक एक आपसमा मर्ज भएर ग्लोबल आइएमई बैंकको नामबाट शुक्रबारदेखि एकीकृत कारोबार गर्ने भएका छन् ।

Advertisement

दुई बैंक मर्ज भएपछि पूँजी,निक्षेप र कर्जाको आधारमा देशकै ठूलो बैंक हुने छ । यसको उद्घाटन अर्थमन्त्री डा युवराज खतिवडाले गर्ने छन् ।

असोज मसान्तको तथ्यांक अनुसार दुई बैंक मर्जर भएपछि निक्षेप २ खर्ब ३ अर्बभन्दा बढी हुने छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।

Advertisement

यस्तै कर्जा १ खर्ब ९२ अर्ब रुपैयाँ हुन्छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो । चुक्ता पूँजी १९ अर्ब रुपैयाँ हुन्छ । जुन पूर्वाधार विकास बैंकको भन्दा १ अर्ब रुपैयाँ कम हो ।

असोज मसान्तको तथ्यांक अनुसार बैंकको नाफा १ अर्ब ११ करोड हुन्छ । नाफाको आधारमा असोज मसान्तको तथ्यांकले बैंक तेस्रो स्थानमा आउने छ ।
मर्जपछि ग्लोबल आइएमई बैंकको अध्यक्ष चन्द्र ढकाल हुने छन् । प्रमुख कार्यकारी अधिकृतमा जनता बैंकका परशुराम क्षेत्री हुने छन् । संचालक समितिमा दुईवटा संचालक जनता बैंकबाट हुने छन् ।

Advertisement

शुक्रबारदेखि एकीकृत कारोबार हुने हुँदा बैंकको बिहीबार एटिएम कार्ड बिहीबार चल्ने छैन । तथ्यांकलाई एकीकृत गर्नुपर्ने भएको हुँदा एटिएम नचल्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया