भारतबाट नेपाली बालिकाको उद्धार
परासी — पश्चिम नवलपरासीमा एक बालिकालाई ललाईफकाई बेच्नका लागि भारत लैजान लागेको आरोपमा एक भारतीय नागरिकलाई सुस्ताका स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
भारतको उत्तर प्रदेश महाराजगंज डोमहाका धुरुप भारतीले पश्चिम नवलपरासी सुस्ता गाउँपालिका-५ बेलहानी बस्ने मुन्ना कलवारको ७ वर्षीया छोरी नब्या कलवारलाई ललाईफकाई भारत तर्फ लैजान लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका हरिजन बालिकाको घरमा दिनहुँ जसो मदिरा सेवनका लागि आउने गर्थे । मदिरा सेवनका नाममा दिनहुँ बालिकाको घरमा आएर चिनजान बढाएपछि मामा घर लैजाने भन्दै मिठाई दिएर साईकलमा राखेर फरार भएको बालिकाको अभिभावकको आरोप छ ।
साँझ बालिका घरमा नदेखिएपछि खोजतलास गर्दा घरपरिवार र गाउँलेले खोजी गरेका थिए । राति बाटोमा आवतजावत गर्ने यात्रीहरुको उपस्थिति नदेखेपछि बालिकालाई त्रास देखाउँदै आफ्नो गाउँ तर्फ लैजानेक्रममा आफन्तले फेला पारेर प्रहरीलाई बुझाएका थिए । आरोपितलाई ईलाका प्रहरी कार्याल्यमा बेलाटारीमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरीक्षक केशव सिहं थापाका अनुसार घटनाको विषयमा छानविन भइरहेकाले अहिले नै घटनाको कारणबारे यकीन गर्न नसकीने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












मास्टर्नीको विवादित गीत हटाइयो, प्रियंका र दुर्गेशले मागे माफी
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
रित्तिएको गाउँ, हराएको आत्मीयता, अभावको प्यारो बालापन
सतिले सरापेको मेरो देश कि अवसरले भरिएको नेपाल
प्रदेशमा कांग्रेस–एमाले सहकार्य अन्त्यको संघारमा





प्रतिक्रिया