ग्लोबल आइएमई बैंकको मंसिर १९ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द हुने

विदुर खबर २०७६ मंसिर १७ गते १९:४५

ग्लोबल आइएमई बैंकले यहि मंसिर १९ गते बैंकका सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने जानकारी गराएको छ ।

Advertisement

जनता बैंकलाई गाभेर मंसिर २० गतेबाट एकीकृत कारोबार थाल्न लागेको बैंकले दुवै बैंकको सिस्टम डेटा माइग्रेट गर्नुपर्ने भएकाले सेवा बन्द रहने बताएको छ ।

बैंकका अनुसार मंसिर १८ गते बुधबार बैंकका शाखाहरुबाट प्रदान हुँदै आएको अतिरिक्तर सन्ध्याकालिन काउन्टर सेवा बन्द रहने छ ।

Advertisement

मंसिर १८ गते साँझ ६ बजेदेखि मंसिर १९ गते राति १२ बजेसम्म बैंकका एटिएम सेवा, क्रेडिट कार्ड सेवा, मोबाइल बैंकिङ सेवा तथा इन्टरनेट बैकिङ सेवा समेत बन्द रहने जनाएको छ । दुई बैंकले एकीकृत कारोबार थाल्ने दिन मंसिर २० गते शुक्रबारदेखि भने सम्पूर्ण सेवाहरु संचालनमा आउने बैंकले जनाएको छ ।

प्रतिक्रिया