अर्घाखाँचीमा बस दुर्घटना,घटनाको थप विवरण आउँन बाँकी
विदुर खबर
२०७६ मंसिर ११ गते १७:२६

अर्घाखाँचीको सन्धिखर्कबाट बुटवल आउँदै गरेको बसको दुर्घटना भएको छ।
लु २ ख २१४८ नम्बरको बस सन्धिखर्क नगरपालिका वडा नम्बर ६ कालाखोलामा बुधबार दिउँसो दुर्घटनामा परेको प्रहरीले जनाएको छ। बस घुम्तीबाट खसेर दुर्घटना भएको प्रहरीले जनायो। बसमा कति जना सवार थिए र के कारणले दुर्घटना भएको अहिले थाहा नभएको प्रहरीले बताएको छ।दुर्घटनामा परेकाको उद्धार भइरहेको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ ।
सम्बन्धित
प्रतिक्रिया