नेकपाको चुनावी सभा नजिकै विस्फोट
विदुर खबर
२०७६ मंसिर ११ गते १५:२८
कास्की । पोखरामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को चुनावी सभानजिकै विस्फोट भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर ९ मा रहेको प्रदशर्नी केन्द्रनजिकै शंकास्पद बस्तु विस्फोट भएको कास्की प्रहरीले जानकारी दिएको छ । विस्फोट भएको बस्तु बम नै भएको भने पुष्टि नभएको प्रहरीले बताएकाे छ ।
विस्फाेटबाट मानवीय क्षति भने भएकाे छैन । विस्फोटबाट पार्किङ गरिराखेको ग १ ख ८८९१ नम्बरको नगर बसमा क्षति पुगेको छ । घटनास्थलमा प्रहरीले निरीक्षण गरिराखेको छ । विस्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।चुनावी सभामा नेकपाका संसदीय दलका नेता सुवास नेम्वाङले सम्बोधन गरिरहँदा विस्फोट भएको हो । सभालाई नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सचिवालय सदस्य वामदेव गौतमले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।कास्की २ मा मंसिर १४ गते उपचुनाव हुँदैछ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया