बेलकोटगढीको महादेव बहुमुखी क्याम्पस निर्माणको लागि एक रोपनी जग्गा दान

विदुर खबर २०७६ मंसिर १० गते १८:३१

विदुर । बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटे महादेवफाँटमा रहेको महादेव बहुमुखी क्याम्पसलाई स्थानीय बोधप्रसाद न्यौपानेले  एक रोपनी जग्गा दान गरेका छन ।

Advertisement

क्याम्पसको भवन निर्माण गर्नलाई आर्थिकसँगै भौतिक सम्पतीको अभाव भएकोले त्यस अभावलाई परिपूर्ति गर्न न्यौपानेले मालपोत कार्यलयमा आएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिएका हुन । शिक्षा समाज र राष्ट्रको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर क्याम्पसलाई जग्गा दान गरिएको न्यौपानेको भनाई छ । क्यापसलाई उपलव्ध गराइएको जग्गा सरकारी मूल्य अनुसार ग्रामीण सडकले छोएको हुनाले ८ लाख ५० हजार रुपैयाँ बराबर रहेको क्याम्पस प्रमुख शंकर नेपालले जानकारी दिए ।

क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले सम्पती अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख शंकर नेपालले बताए । क्याम्पसको भवन निर्माण गर्नको लागी आर्थिक सहयोग जुटे पनि भवन बनाउने जग्गा नहुदा समस्या पर्ने गरेकोले सम्पती अभियान सुरु गरिएको उनले बताए । विसं. २०६९ सालमा स्थापित क्याम्पसमा रातमाटे, दुइपिपल, तारुका, बुधसिङ, जिलिङका विद्यार्थीहरु अध्ययन गर्न जाने गरेका छन् । क्याम्पसमा शिक्षा संकाय र वाणिज्य संकाय अध्यापन हुदै आइरहेको छ ।

Advertisement

प्रतिक्रिया