लाङटाङ राष्ट्रिय निकुञ्जमा ४ महिनामा १२ हजार पर्यटक भित्रिए

विदुर खबर २०७६ मंसिर १० गते १८:२४

रसुवा । चालु आर्थिक २०७६÷७७ को पहिलो चार महिनाको अवधीमा लाङटाङ राष्ट्रिय निकुञ्जमा १२ हजारभन्दा बढी पर्यटक भित्रिएका छन ।

Advertisement

निकुञ्जका अनुसार साउनदेखि कात्तिक मसान्तसम्ममा १२ हजार सात सय ६१ पर्यटक भित्रिएका हुन । जसमा सात हजार आठ सय १७ नेपाली, चार हजार आठ सय ७३ विदेशी र ७१ जना सार्क राष्ट्रका पर्यटक रहेका छन् । निकुञ्ज क्षेत्रभित्र रहेका पर्यटकीय क्षेत्रको अध्ययन तथा अवलोकनका लागि प्रत्येक वर्ष सात हजारदेखि १९ हजारसम्म पर्यटक आउने गरेका छन । साउन महिनामा पाँच हजार चार सय ९० नेपाली, दुई सय १२ विदेशी र सार्क राष्ट्रका तीन पर्यटक आएका थिए । त्यस्तै भदौ महिनामा एक सय ५७ नेपाली, तीन सय ८३ विदेशी र एक जना सार्क राष्ट्रका पर्यटक आएका थिए ।

त्यसैगरी असोजमा नौ सय १३ नेपाली, एक हजार आठ सय ७६ विदेशी र सार्क राष्ट्रका ३९, कात्तिकमा एक हजार दुई सय १७ नेपाली, एक हजार चार सय दुई विदेशी र सार्कका २८ जना पर्यटक आएका छन् । निकुञ्ज आएका पर्यटकमध्ये पर्यटकीय क्षेत्र लाङटाङ, धार्मिकस्थल गोसाइँकुण्ड र तामाङ सम्पदा मार्गको अध्ययन, अवलोकन गर्न पुग्ने गरेका छन् । साउनदेखि असोजसम्म निकुञ्जमा कम पर्यटक आउँछन ्। असोज १५ गतेदेखि कात्तिक मसान्त र चैतदेखि वैशाख अन्तिमसम्म बढी पर्यटक आउने गरेका छन्। जिल्लाको पर्यटकीय क्षेत्रमा बाह्रै महिना पर्यटक आउने गरेका छन् । तर, तीन महिना पर्यटनको लागि उपयुक्त मौसम नहुने भएकाले कम हुने गरेको निकुञ्जले जनाएको छ । स्वदेशी पर्यटक नभए रसुवा मात्र नभइ अन्य पर्यटकीय जिल्लाको पर्यटन तथा होटल व्यवसाय धरासायी हुने अवस्था आएको होटल तथा पर्यटन व्यावसायी संघ रसुवाका महासचिव निशान गजुरेलले जानकारी दिए ।

Advertisement

निकुञ्जमा इजरायल, फ्रान्स, क्यानडा, जापान, इटली, अमेरिका, थाइल्यान्ड, बेलायत, कोरिया, रसिया, स्पेन, उरुग्वे, सिंगापुर लगायत देशका पर्यटक आउने गरेका छन ्। लाङटाङ राष्ट्रिय निकुञ्जमा आएका पर्यटकमध्ये करिब ९० प्रतिशत पर्यटक लाङटाङ पुग्ने गरेका छन ।

प्रतिक्रिया