३ वर्षभित्र चीनबाट पाइपलाइनमा तेल ल्याउने आपूर्ति मन्त्रि भट्टको दाबी

विदुर खबर २०७६ मंसिर १० गते १७:४६

नुवाकोट ।  उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनबाट पनि पाइपलाइन मार्फत तेल ल्याउने बताएका छन् ।

Advertisement

रिपोर्टस क्लबमा मंगलबार आयोजित साक्षात्कारमा बोल्दै मन्त्री भट्टले आगामी तीन वर्षभित्रै चीनबाट पाइपलाइनबाट नेपालमा तेल ल्याउने दावी गरेका हुन् । कार्यक्रममा मन्त्री भट्टले मुलुकमा औद्योगिक वातावरण बनाउँदै कुल ग्राहस्थ उत्पादनमा अहिलेको भन्दा दोब्बर योगदान पुर्‍याउने गरी आफूले काम गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

प्रतिक्रिया