सातै प्रदेशमा सामाजिक सुरक्षा कोषका शाखा विस्तार गरिने

विदुर खबर २०७६ मंसिर ९ गते १९:१८

काठमाडौं ।  देशका सातै वटा प्रदेशका राजधानीमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषका शाखा विस्तार गरिने भएको छ।

Advertisement

एक वर्षभित्रमा ७ वटै प्रदेशका राजधानीमा कोषका शाखा विस्तार गरिने कोषका कार्यकारी निर्देशक कपिलमणि ज्ञवालीले जानकारी दिए। उनले भने, ‘राजधानीमा केद्रिय कार्यालय रहन्छ र अन्य सातवटै प्रदेशका राजधानीमा कोषले आफ्ना शाखा विस्तार गर्छ।’ नेपालमा सामाजिक सुरक्षा कोषको स्थापना २०६७ सालमै भएको थियो। औपचारिक शुभारम्भ भने गत वर्षको मंसिर ११ गतेदेखि भएको हो।

नीजि क्षेत्रका सम्पूर्ण रोजगारदाता तथा श्रमिक समेट्ने गरी २०७६ साउन १ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना औपचारिक रुपमा कार्यान्वयनमा आइसकेको छ। हालसम्म कोषमा ११ हजारभन्दा बढी रोजगारदाता तथा १ लाख ११ हजारभन्दा बढी श्रमिक सूचीकृत भइसकेका छन्।  यही मंसिर १३ गतेसम्म कोषमा सम्पूर्ण रोजगारदाता तथा श्रमिक सूचीकृत भइसक्नु पर्ने अन्तिम मिति तय गरिएको छ। सो अवधिसम्म कोषमा सूचिकृत हुन आउने रोजगारदाता तथा श्रमिकहरुको संख्यामा उल्लेख्य वृद्धि हुने कोषको अपेक्षा छ।

Advertisement

प्रतिक्रिया