४८ थान पासपोर्टसहित एक महिला पक्राउ

विदुर खबर २०७४ चैत ६ गते १५:२५

काठमाडौं । ४८ थान पासपोर्ट र १० थान नागरिकतासहित एक महिला पक्राउ परेकी छन् । उनका श्रीमान भने फरार छन् । महानगरीय प्रहरी प्रभाग गंगोवु वसपार्कको टोलीले गोंगबु क्षेत्रबाट वुटवल घर भएकी विन्दा थापालाई पक्राउ गरेको हो । उनका श्रीमान राजु थापा भने फरार भएका थिए । प्रभाग गोंगबुका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पक्राउ परेकी महिलाको समुहले नक्कली कागजपत्र बनाइ विदेश पठाउने गरेको सुचनाका आधारमा छापा हानिएको थियो ।

Advertisement

प्रहरीले बरामद गरेका पासपोर्टहरूमा अधिकांश महिलाहरुको रहेको बताइएको छ । महीलालाई वृत महाराजगंजमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया