बलात्कारको आरोप लागेका अनेरास्वियूका केन्द्रीय सदस्य जेल चलान
विदुर खबर
२०७६ मंसिर ६ गते १८:५४

काठमाडौं । बलात्कार अभियाेगमा पक्राउ परेका रत्नराज्य लक्ष्मी क्याम्पसका स्ववियू सह–सचिव इन्द्रहाङ राईलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश विनोदकुमार पोखरेलको इजलाले सो निर्णय गरेको हो । अदालतको आदेशपछि राईलाई केन्द्रीय कारागार सुन्धारा लगिएको प्रहरीले जनाएको छ ।
आरआर कलेजका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्यसमेत रहेका राई बलात्कारको आरोपमा १२ कात्तिकमा पक्राउ परेका थिए ।
राईमाथि तिहारमा देउसी खेल्न बहानामा आफ्नै साथीको बहिनी बोलाएर बलात्कार गरेको आरोप लागेको छ ।
सम्बन्धित
प्रतिक्रिया