महिलाको दुवै स्तन काटेर फरार

विदुर खबर २०७६ मंसिर ४ गते २१:१४

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–८  तुङ्गेछाको सेमेङमा अज्ञात समूहले महिलाको दुवै स्तन काटिदिएका छन् । घटनामा ३० वर्षीया महिला गम्भीर घाइते भएकी हुन्।

Advertisement

बुधबार बिहान करिब ११ बजे स्थानीय खकुवाखोलामा लुगाकपडा धुन गएकी महिलाको नकापधारी अज्ञात समूहले स्तन काटेर भागेको बताइएको छ ।  उक्त समूहले कपडा धोइरहेकी महिलालाई जबरजस्ती नियन्त्रणमा लिएर स्तन काटी गम्भीर घाइते बनाएर फरार भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी नरबहादुर सलामी मगरले बताए ।

उनको उपचारका लागि दिङ्लातर्फ लगिएको प्रहरीले जनाएको छ । घटनाको खबर पाएपछि इलाका प्रहरी कार्यालय दिङलाका प्रहरी निरीक्षक अमनलाल माझीको कमाण्ड टोली घटनास्थलमा पुगेको र फरार समूहको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया