नुवाकोटको लिखुबाट २ जना विप्लवका कार्यकर्ता पक्राउ

विदुर खबर २०७६ मंसिर ४ गते १६:२७

विदुर । नुवाकोटको लिखु गाउँपालिकाको गड्खार पुलबाट मंगलबार दिउँँसो २ बजे विप्लव माओवादीका २ कार्यकर्ता पक्राउ परेका छन ।

Advertisement

पक्राउ परेकाहरुको नाम भने जिल्ला प्रहरी कार्याले उपलब्ध गराएको छैन । विप्लवका दुई कार्यकर्ता लिखुबाट पक्राउ गरेर जिल्ला ल्याएका छौ, जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी राजेश थापाले भने । पक्राउ परेकाहरु माथि अनुसन्धान शुरु गरिएको उनले बताए ।

त्यस्तै विप्लव माओवादी नुवाकोटका जिल्ला सेक्रेटरी विन्तोष शिलवालले पनि आफ्नो साथीहरुलाई प्रहरीले पक्राउ गरेको बताएका छन ।

Advertisement

प्रतिक्रिया