मन्त्रिपरिषद हेरफेर गर्न नेकपाको सचिवालय बैठक बस्दै
विदुर खबर
२०७६ मंसिर ४ गते ८:३७

काठमाडौं । मन्त्रिपरिषद हेरफेरको अन्तिम तयारीबारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बुधबार बस्दै छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको जानकारी दिए । यो बैठकबाट पुनर्गठित मन्त्रिपरिषदमा रहने सदस्यहरुको टुंगो लाग्ने अनुमान छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्रिपरिषद हेरफेर गर्दैछन् । तर, शपथ ग्रहणको समय भने टुंगो लागेको छैन ।
सम्बन्धित
प्रतिक्रिया