नेपाल आइडल सिजन–२ सुरु, निर्णायक पुरानै, प्रस्तोता फेरिए, विजेताले गाडी नपाउने
काठमाडौं । ‘नेपाल आइडल सिजन–२’ भोली ९मंगलबार०बाट सुरु हुँदै । भैरहवामा अडिसन सुरु गर्दै नेपाल आइडलको सिजन–२ सुरु हुन लागेको हो ।
भैरहवाको जेसिस किन्डर गार्डेन हाइस्कुलमा मंगलबार अडिसन लिने नेपाल आइडल युनिटले चैत ११ गते धनगढीमा अडिसन लिनेछ । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमीमा अडिसन लिने बताएको छ । वैशाख ३ गते हेटौंडाको सिद्धार्थ सेकेन्डरी स्कुलमा अडिसन लिने नेपाल आइडल युनिट वैशाख ८ गते धरानको विष्णु मेमोरियल हाइयर सेकेन्डरी स्कुल पुगेर सहभागी प्रतिस्पर्धीको आवाज सुन्नेछ । वैशाख १४ गते पोखराका संगीतप्रेमीले श्री जनप्रिय सेकेन्डरी स्कुल पुगेर अडिसन दिन सक्नेछन् । काठमाडौं अडिसनको मिति भने तोकिएको छैन ।
अडिसन राउन्डमा चित्तबुझ्दो स्वर भएका सहभागीलाई निर्णायकले काठमाडौं बोलाउने छन् । काठमाडौंमा विभिन्न राउन्ड हुँदै नेपाल आइडल युनिटले सिजन–२ को आइडल छान्नेछ ।
सिजन–२ मा पनि पुरानै निर्णायक दोहोरिने नेपाल आइडलका प्रवन्ध निर्देशक लक्ष्मीप्रसाद पौडेलले बताए । गतवर्ष न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।
कार्यक्रम सञ्चालक रिमा विश्वकर्मा र सुशील नेपालमध्ये एक जनालाई परिवर्तन गरिएको छ । नायिका रिमा विश्वकर्मा यथावत् रहेपनि सुशील नेपाल भने सिजन–२ मा देखिने छैनन् । नेपाललाई आसिफ शाहले रिप्लेस गरेका छन् । आसिफ यही वर्ष प्रदर्शनमा आएको चलचित्र ‘२–रुपैयाँ’ का नायक हुन् । आसिफ म्युजिक भिडियो निर्देशकसँगै गायक र टेलिभिजन कार्यक्रम प्रस्तोता पनि हुन् ।
हजारौं प्रतिस्पर्धीबाट सिजन–१ को नेपाल आइडल साढे ४ करोड भोट पाएर पोखराका बुद्ध लामा बन्न सफल भएका थिए । आयोजकका अनुसार ९ करोड ३१ लाख ८३ हजार ३ सय ३५ मत आएको थियो । जसमध्ये ४ करोड ४८ लाख ४५ हजार २ सय ६३ भोट प्राप्त गर्दै पहिलो नेपाल आइडल लामाले जितेका थिए ।
फष्ट रनरअप मोरङका निशान भट्टराई हुँदा सेकेन्ड रनरअपमा ललितपुरका प्रताप दासले बाजी मारेका थिए ।
उपाधिसँगै लामाले २० लाख रुपैयाँ नगद र महिन्द्राको केयुभी १०० गाडी पाएका थिए । साथै १५ लाख बराबरको भिडियो एल्बम र कन्ट्रयाक्ट दिने नेपाल आइडलले जनाएको थियो । यद्यपि लामाले केही दिन अगाडि आफूलाई नेपाल आइडलले गाडी नदिएको भन्दै सञ्चारमाध्यमसँग गुनासो गरेका थिए ।
यता यसबारेमा प्रवन्ध निर्देशक पौडेलले गाडी अहिले पनि बुद्धसँगै पोखरामा रहेको बताए । “आन भर्खरै मात्र पनि बुद्धसँग मेरा कल भएको थियो । सम्झौता अनुसार उसले गाडीको कर तिर्नुपर्छ । अरु हामीले घोषणा गरेको नगद तथा एल्बमको कन्ट्रयाक साइन अनुसार दिएका छौं,” पौडेलले भने, “बुझाईमा कमजोरी भएको हो । तीन दिनपछि बुद्ध यहीँ आउने कुरा छ । त्यसपछि सबै कुरा मिल्छ ।”
निशानले १५ लाख रुपैयाँ नगद पाउँदा प्रतापले १० लाख रुपैयाँमा चित्त बुझाएका थिए । फाइनल कतारको राजधानी दोहामा भएको थियो । यो वर्ष भने फाइनल नेपालमा हुनेछ ।
यो वर्षको नेपाल आइडलले भने गाडी पुरस्कार नपाउने भएका छन् । प्रवन्ध निर्देशक पौडेलले भने, “गाडी दिँदा समस्या भयो । यो वर्षबाट हामी गाडिको सट्टा पैसा नै दिने छौं । ५० हजार नगद, एल्बमका र वल्र्ड टुर गरिदिने छौं ।”
गत वर्षझैं यो वर्ष पनि एमएमएस र मोवाइल एप भोटिङका आधारमा नेपाल आइडलको विजेता छनोट गरिने नेपाल आइडलले जनाएको छ । शो एपीवान टेलिभिजनले प्रशारण गर्नेछ । कार्यक्रम झण्डै ६ महिना सञ्चालन हुनेछ । नेपाल आइडल नेपालमा सञ्चालन भएको अहिलेसम्मकै ठूलो सांगीतिक रियालिटी शो हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया