आज कर दिवस : करदाता साढे २९ लाख, राजश्व वृद्धिदर २३ प्रतिशत

विदुर खबर २०७६ मंसिर १ गते १०:१७

नुवाकोट । आन्तरिक राजश्व विभागले विगतभन्दा यसपालि ठूलो मात्रामा करको दायरा बढाएको छ । गत वर्ष २१ लाख करदाता रहेकामा अहिले दायरा बढाएर विभागले २९ लाख ६५ हजार करदाता पु¥याएको छ । यो कूल जनसङ्ख्याको करीब छ प्रतिशत हो ।

Advertisement

विभागको निजी तथा विश्लेषण शाखाका निर्देशक कृष्णबहादुर बोहराले करमा समावेश नभएका करदाता समावेश भएको र कतिपय अवस्थामा स्किमका कारण दायरा बढेको बताए । उनले ‘प्यान फर अल’ भन्ने अभियानले पनि करको दायरा फराकिलो भएको जिकिर गरे । छुटेकालाई सहभागी गराएर दायरालाई अझै बढाउने योजना विभागको छ । विभागका महानिर्देशक विनोदबहादुर कुँवरले आयातमा आधारित राजश्व सङ्कलनलाई पछिल्लो समयमा आन्तरिक उत्पादनमा आधारित बनाएको भन्दै करको वृद्धिदर उत्साहजनक रहेको बताए ।

करको दायरा बढेपछि पहिलो चौमासिकमा भने विभागले राजश्वको लक्ष्य भेट्टाउन भने सकेको छैन । गत वर्षको यही अवधिको तुलनामा भने २३ प्रतिशतले राजश्व वृद्धि गरेको छ ।चालू आवको कात्तिकसम्ममा विभागले १२५ अर्ब राजश्व सङ्कलनको लक्ष्य लिएको थियो । शुक्रबारसम्मको विवरणअनुसार विभागले कूल १०४ अर्ब मात्रै राजश्व सङ्कलन गरेको छ । चालू आवमा भने विभागले कूल ५०६ अर्ब राजश्व सङ्कलनको लक्ष्य लिएको छ । कूल गार्हस्थ उत्पादनमा आन्तरिक राजश्वको योगदान भने करीब २२ प्रतिशत छ ।

Advertisement

विभागका अनुसार ‘प्यान फर अल’ कार्यक्रमबाट नयाँ सात लाख ९४ हजार करदाताले स्थायी लेखा नम्बर ९प्यान० लिएका छन् । मूल्य अभिवृद्धि करमा भने दुई लाख ३९ हजार ७५८ करदाता दर्ता भएको बताइएको छ ।

प्रतिक्रिया