जनताको लगानी कार्यक्रम समेटिएको रसुवागढी जलविद्युत घाटामा

विदुर खबर २०७६ मंसिर १ गते १०:११

रसुवा । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन रसुवागढी हाइड्रो नोक्सानमा गएको छ ।

Advertisement

गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ४८ लाख ८५ हजार रुपैंया खुद नाफा कमाएको हाइड्रो अहिले १ करोड ४६ लाख ७६ हजार रुपैंया नोक्सानको अवस्थामा पुगेको हो । विद्युत उत्पादन सुरु नभएका कारण हाइड्रोले नाफा कमाउन नसकेको हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोले व्याजबाट २ करोड ३५ लाख १८ हजार रुपैंया आम्दानी गरी विभिन्न खर्चका शिर्षकमा समायोजन गर्दा खुद नाफा कमाउन सकेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा हाइड्रोले व्याजबाट ४३ लाख ४७ लाख रुपैंया मात्र आम्दानी गरेको छ । खर्चका शिर्षकहरुमा आएको बढोत्तरी र व्याजबाट हुने आम्दानीमा आएको गिरावटले हाइड्रो नोक्सानमा गएको हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५७ लाख ५ हजार रुपैंया प्रशासनिक खर्च गरेको हाइड्रोले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ६४ लाख २३ हजार रुपैंया खर्च गरेको छ ।

Advertisement

६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैंया चुक्ता पूँजी रहेको हाइड्रोको जगेडा कोष १४ करोड ३२ लाख २१ हजार रुपैंयाले ऋणात्मक छ । रसुवाको गोसाईकुण्ड गाउँपालिका १ र २ मा निर्माणाधिन आयोजना १११ मेगावाटको हो । विद्युत खरिद बिक्री सम्झौता ९पीपीए० मा उल्लेख भए अनुसार आयोजनाको लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ हुने अनुमान छ ।८० प्रतिशतभन्दा बढी निर्माण पुरा भएको आयोजना २०७७ असार मसान्तसम्ममा निर्माण पुरा गर्ने योजना हाइड्रोले बनाएको छ । आयोजना निर्माण भएर पूर्ण रुपमा विद्युत उत्पादन थालेको अवस्थामा हाइड्रोले वार्षिक ६१ करोड ३० लाख युनिट विद्युत उत्पादन गर्नेछ ।

नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत हिउँदमा ८ रुपैंया ४० पैसा प्रतियुनिट र वर्षयाममा ४ रुपैंया ८० पैसा प्रतियुनिटको दरमा विद्युत खरिद गर्ने सम्झौता भैसकेको छ । यसबाट कम्पनीले वार्षिक ३ अर्ब २५ करोड रुपैंयाभन्दा धेरै रकम आम्दानी गर्ने आधार बनाएको छ । साधारण शेयर निष्काशन गर्ने क्रममा हाइड्रोले विबरण पत्रमा आर्थिक वर्ष २०७६/०७७ मा ५ रुपैंया ६७ पैसा प्रतिशेयर आम्दानी कायम हुने उल्लेख छ । त्यसै गरी आर्थिक वर्ष २०७७ /०७८ मा १९ रुपैंया २४ पैसा, आर्थिक वर्ष २०७८ ०७९ मा २२ रुपैंया ४० पैसा तथा आर्थिक वर्ष २०७९/०८० मा २५ रुपैंया ९ पैसा प्रतिशेयर आम्दानी कायम हुने प्रक्षेपण गरिएको छ ।

Advertisement

प्रतिक्रिया