चिलिम फर्किने बाटोमा चिलिमे हाइड्रो, आम्दानी झन घट्दै

विदुर खबर २०७६ कार्तिक २९ गते १२:५२

नुवाकोट । चिलिमे हाइड्रो पावर कम्पनी लिमीटेड उल्टो गतिमा कुद्न थालेको छ ।  यो कम्पनीको आम्दानी घट्न थालेको छ भने त्यसको तुलनामा खर्च भने अत्यधिक बढेको छ ।

Advertisement

कम्पनीले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वित्तीय विवरणमा कम्पनीको यो अवस्था देखिएको हो ।  समीक्षा अवधिमा कम्पनीको खूद नाफा १८.९९ प्रतिशतले घटेर २१.७० करोडमा सीमित बन्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको रिटेन अर्निङ रु. ४ अर्ब ७५ करोड रहेको छ । अघिल्लो वर्ष भन्दा यस्तो अर्निङ ९.१९ प्रतिशतले कम हो । यो अवधिमा कम्पनीको टर्म डिपोजिटतर्फको लगानी भने बढेको छ । अघिल्लो वर्षको यही अवधिमा यस्तो लगानी १ अर्ब ३ करोड रुपैयाँ रहेकोमा बढेर यो वर्ष १ अर्ब ५१ करोड पुगेको छ । कम्पनीले अशोसिएटेड कम्पनीतर्फ यो अवधिमा ५ अर्ब ९३ करोड लगानी गरेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेको छ । अघिल्लो वर्षको यही अवधिमा ३६ करोड १६ लाख यस्तो आम्दानी रहेकोमा घटेर यो वर्ष ३५ करोड  १० लाखमा सीमित बन्न पुगेको छ । कम्पनीको संचालन मुनाफा पनि १३.१५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यही अवधिमा २९ करोड ४८ लाख रहेको यस्तो मुनाफा घटेर २५ करोड ६० लाख कायम भएको हो ।नाफातर्फको गिरावटका कारण कम्पनीको करतर्फको दायीत्व ५०.६७ प्रतिशतले बढेको देखिएको छ ।

Advertisement

प्लान्ट अपरेशन खर्च करिब ५१ प्रतिशतले बढेको देखिएको छ भने प्रशासनिक खर्च पनिन ८६.३० प्रतिशतले बढेको छ ।समीक्षा अवधिमा कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी अघिल्लो वर्षको तुलनामा ३२.४९ प्रतिशतले घटेर रु.१८.२४ कायम भएको छ ।  यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ समेत घटेर २००.०४ रुपैयाँ, पीई रेसियो २३.१८ गुणा रहेको छ ।

प्रतिक्रिया