धादिङका दुइजना अभियुक्त १७ वर्षपछि पक्राउ

विदुर खबर २०७६ कार्तिक २८ गते १०:२३

धादिङ — कर्तव्य ज्यान मुद्दामा फरार भएका धादिङका दुइजना अभियुक्तलाई प्रहरीले १७ वर्षपछि पक्राउ गरेको छ ।

Advertisement

खनियाँबास–२ दार्खाका पर्शुराम तामाङको हत्याका आरोपित स्थानीय गोम लामा तामाङ र सुक लामा तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराले पक्राउ गरेको हो । २०५९ साल कात्तिक २९ मा स्थानीय परशुरामको खुकुरी र ढुंगा प्रहारबाट हत्या भएको थियो ।

 

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धादिङले सोमबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । उक्त घटनामा संलग्नताका आरोपित अन्य चारजना अझै फरार छन् ।
Advertisement

प्रतिक्रिया