ओली दाहाल सहमति–सरकारको नेतृत्व आलोपालो, पदाधिकारी सानो

विदुर खबर २०७४ फागुन २ गते ३:१६

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सरकारको नेतृत्व आलोपालो गर्ने विषयमा सहमति कायम भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका एक नेताका अनुसार सरकारको नेतृत्व आलोपालो गर्ने, सानो पदाधिकारी बनाउने, महाधिवेशनसम्म सानो कमिटी बनाएर जाने, दुवै सह–अध्यक्ष बन्ने विषयमा लगभग सहमति जुटेको छ ।

दुई नेताबीच सोमबारदेखि लगातार वान टु वान वार्ता भएको छ । आज पनि वान टु वान वार्तापछि एकता संयोजन समितिको बैठक बोलाउने विषयमा छलफल भएको छ ।

एकता संयोजन समितिको बैठक दिउँसो ३ बजे बोलाइएको छ । संयोजन समितिको बैठकमा पार्टीको नाम, वैचारिक कार्यदिशा लगायतका विषयमा कुराकानी हुने भएको छ ।

प्रतिक्रिया