धादिङमा आँखा शिविर सम्पन्न, ३९ जनाको मोतियाबिन्दुको शल्यक्रिया
विदुर खबर
२०७६ कार्तिक २६ गते १४:३७
धादिङ । धादिङको गङ्गाजमुना गाउँपालिका–ं ५ स्थित फुलखर्कमा भएको तीन दिने निःशुल्क आँखा शिविरमा ३९ जनाको आँखाको मोतियाविन्दु शल्यक्रिया गरिएको छ ।
फुलखर्क स्वास्थ्यचौकीमा शुक्रबारदेखि सञ्चालन गरिएको तीन दिने शिविरमा ३८२ को साधारण आँखा जाँच र ३९ को मोतियाविन्दुको शल्यक्रिया गरिएको निःशुल्क आँखा शिविर सञ्चालन समितिका संयोजक नवराज अधिकारीले बताउनुभयो । आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका डा कल्याण ढुङ्गाना र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँका निर्देशक एवं वरिष्ठ नेत्ररोग विशेषज्ञ डा कमलबहादुर खड्का सहभागी उक्त शिविरमा बिरामीलाई कालो चस्मा र खान जाउलो निःशुल्क वितरण गरिएको थियो । फूलखर्क कल्याणकारी समाजको आयोजना, नेपाल रेडक्रस सोसाइटी फुलखर्क उपशाखा र नेपाल आँखा अस्पताल त्रिपुरेश्वर काठमाडौँको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको थियो।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया