सेयर बजार दोहोरो अंकले बढ्यो

विदुर खबर २०७६ कार्तिक २५ गते १५:४९

नुवाकोट ।  पछिल्लो समय निरन्तर ओरालो लागेको सेयर बजारमा आज एकाएक उछाल आएको छ । आज बजार सूचक दोहोरो अंकले बढेको छ भने कारोबार रकम झन्डै दोब्बरले बढेको छ ।

Advertisement

दशैं पछिका दिनहरुमा औसतमा २० करोड रुपैयाँको हाराहारीमा कारोबार हुँदै आएकोमा आज करिब ५५ करोडको कारोबार भएको छ । कारोबार रकमा बढाउन एनएमबी बैंकले साथ दिएको छ । गतवर्षको नाफाबाट ३५ प्रतिशत लाभांश घोषणा गरेको एनएमबीको मात्रै कूल कारोबार रकमको २५ प्रतिशत रकम बराबर कारोबार भएको छ । आज सेयर बजार मापक सूचक नेप्से १३.७७ अंकले बढेर११४५.५७ विन्दुमा पुगेको छ । आज १७५कम्पनीको ५४ करोड ९९ लाख ९८ हजार २४१ रुपैयाँको कारोबार भएको छ । १९ लाख ९५ हजार ४८ कित्ता सेयर किन बेच भएका छन् ।

कारोबार भएका ११ वटा समूहमध्येमा अन्य समूह बाहेका बाँकी सबै १० समूहकै सूचक उकालो लागेका छन् ।आज अन्य समूहको सूचक ०.६ अंकले घटेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै ७९.०२ अंकले बढेको छ ।बैकिङ्ग समूह पनि १२.३१ अंकले बढेको छ । कारोबार रकमको आधारमा एनएमबी बैंकको सेयर शीर्ष स्थानमा रह्यो । यसको १३ करोड ९२ लाख १० हजार १९५ रुपैयाँको कारोबार भएको छ ।

Advertisement

कारोबारकै आधारमा प्रभु बैंक र माछापुच्छे बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् ।प्रभुको ७ करोड ३३ लाख र माछापुच्छेको ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ । आज चार वटा कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । हिमालय डिस्टिलरी, सबैको लघुवित्त, रिडि हाइड्रोपावर र आँखुखोला जलविद्युत कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । एनआइबीएल समृद्धि फन्ड–१को सेयर मूल्य सबैभन्दा धेरै ५.७७ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया