कार्यकर्ता जोगाउन विप्लब माओवादीलाई चुनौती, ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश
विदुर खबर
२०७६ कार्तिक २४ गते २०:५५
हेटौँडा ।विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।
नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कमिटीका २० जना पदाधिकारी नेकपामा प्रवेश गरेको नेकपा मकवानपुरका सचिव तथा प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीले जानकारी दिनुभयो । प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इञ्चार्ज विरोध खतिवडाले पार्टी प्रवेश गर्नेलाई टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
स्वागत कार्यक्रममा नेकपा नेता खतिवडाले नेकपाको नेतृत्वमा रहेको वर्तमान सरकारले र सर्वहारा वर्गको हितमा काम गरिरहेको बताउनुभयो । सरकारले राष्ट्रियताका पक्षमा काम गरिरहेको उहाँको भनाइ थियो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











नुवाकोटका रिमाल एमालेको केन्द्रीय सदस्यमा पनि पराजित
नेपालका दुई हात्ती कतार लगिए
रसुवागढी नाका पुस १० देखि सञ्चालनमा ल्याउने तयारी
नुवाकोटको सूर्यकुण्ड हाइड्रोले पुस ९ गतेदेखि आईपीओ निष्काशन गर्दै
एमालेमा नेतृत्वका लागि मतदान हुँदै





प्रतिक्रिया