नुवाकोटको म्यागङका फरार वडाअध्यउक्ष रामबहादुर तामाङ पक्राउ

विदुर खबर २०७६ कार्तिक २४ गते ११:३२

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर तामाङ पक्राउ परेका छन ।

Advertisement

लागू औषध चरेस मुद्धामा जिल्ला अदालत काठमाण्डौबाट दोषी ठहर भएका वडाअध्यक्ष तामाङलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकु काठमाण्डौ बुझाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

वडाअध्यक्ष तामाङलाई जिल्ला अदालत काठमाण्डौले २०६१।०२।२७ गते ३ वर्ष कैद र २५ हजार जरीवाना गरेको थियो । यसअघि ३० हजार धरौटीमा छुटेका तामाङ त्यसपछि फरार भएका थिए । पक्राउ परेका तामाङ नेपाली कांग्रेसबाट वडाअध्यक्षमा ४ सय ४६ मत ल्याएर विजयी भएका थिए ।

Advertisement

प्रतिक्रिया