सभामुखमा उपसभामुख तुम्बाहाम्फेको दाबेदारी
बाँके । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाम्फेले सभामुख पदको जिम्मेवारी सम्हाल्न आफू योग्य र सक्षम रहेको बताउनुभएको छ ।
हुम्लामा संविधान कार्यान्वयनसम्बन्धी स्थानीय तहका जनप्रतिनिधिलाई तालीम दिएर काठमाडौँ फर्किने क्रममा आज बाँकेको नेपालगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “प्रतिनिधिसभाका सबै माननीयको सभामुखमा दाबी गर्ने हैसियत छ । सबै सक्षम हुनुहुन्छ, हाम्रो संसदीय अभ्यासमा उपसभामुखमा कार्यरत व्यक्तिले सभामुख भएर चलाएको इतिहास पनि हामीसँग छ ।” उहाँले सभामुख भएर काम गर्न र क्षमताको आधारमा अगाडि बढ्न तयार रहेको उल्लेख गर्नुभयो ।
संविधानमा सभामुख र उपसभामुख फरक दल र फरक लिङ्गको प्रतिनिधित्वको कुरा उल्लेख भएकाले अब सत्तापक्षले सभामुख पद लिने कुरा भयो भने संविधानले जे भनेको छ त्यो कार्यान्वयन गर्न उपसभामुख पद अरू कुनै दललाई छोडिदिनुपर्ने उहाँको भनाइ थियो । “सभामुख सत्ता पक्षले लिन्छ भने त्यतिबेला उपसभामुखले मार्ग प्रशस्त गर्न संवैधानिक व्यवस्थाअनुसार राजीनामा गर्नुपर्ने अवस्था आउँछ । त्यसपछि के गर्ने भन्नेबारे दलहरुसँग छलफल गरेपछि मात्रै निर्णय हुन्छ”, उहाँले भन्नुभयो, “सम्बन्धित दलसँग छलफल भइसकेपछि निष्कर्षमा पुग्न सकिन्छ । दलले जतिबेला मलाई सोध्छ, परामर्श छलफलमै के गर्ने भन्ने टुङ्गो लाग्छ ।” रिक्त रहेको सभामुख पदलाई पूर्णता दिन प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिँदै उहाँले मङ्सिरको तेस्रो सातातिर सभामुख पदले पूर्णता पाउने उपसभामुख तुम्बाहाम्फेले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया