प्रधानमन्त्रिद्धारा मन्त्रिपरिषद पुनर्गठनको तयारी
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गर्नुभएको छ । केही दिनमा नै मन्त्रीहरु फेर्ने तयारी भइरहँदा प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न सहज होस् भनेर सचिवालयबाट राजीनामा दिन लागिएको प्रधानमन्त्री ओलीका एक जना सचिवालय सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीले मंसिरको पहिलो साताभित्रै मन्त्रिपरिषद् सदस्य हेरफेर गर्न लाग्नुभएकाले त्यसअघि बाट नै सुरु हुने गरी राजीनामा दिन थालिएको ती सदस्यको भनाइ छ ।
मन्त्रिपरिषद् हेरफेर हुँदा अहिले राजीनामा दिएका सदस्यहरु पनि पर्ने उत्तिकै सम्भावना रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा सबै सल्लाहकारले राजीनामा गर्न लागेका हुन् । मन्त्रिपरिषद् सदस्य हेरफेर गर्दा मन्त्री बनाउने नभए काम परे फेरि बोलाउनेगरी अहिले राजीनामा दिन लागिएको सचिवालयका ती सदस्यको भनाइ छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया