प्रधानमन्त्रिद्धारा मन्त्रिपरिषद पुनर्गठनको तयारी

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्का सदस्य हेरफेर गर्ने तयारी गर्नुभएको छ । केही दिनमा नै मन्त्रीहरु फेर्ने तयारी भइरहँदा प्रधानमन्त्री ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिने तयारी गरेका छन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्न सहज होस् भनेर सचिवालयबाट राजीनामा दिन लागिएको प्रधानमन्त्री ओलीका एक जना सचिवालय सदस्यले जानकारी दिए । प्रधानमन्त्री ओलीले मंसिरको पहिलो साताभित्रै मन्त्रिपरिषद् सदस्य हेरफेर गर्न लाग्नुभएकाले त्यसअघि बाट नै सुरु हुने गरी राजीनामा दिन थालिएको ती सदस्यको भनाइ छ ।
मन्त्रिपरिषद् हेरफेर हुँदा अहिले राजीनामा दिएका सदस्यहरु पनि पर्ने उत्तिकै सम्भावना रहेको बुझिएको छ । प्रधानमन्त्री ओलीकै निर्देशनमा सबै सल्लाहकारले राजीनामा गर्न लागेका हुन् । मन्त्रिपरिषद् सदस्य हेरफेर गर्दा मन्त्री बनाउने नभए काम परे फेरि बोलाउनेगरी अहिले राजीनामा दिन लागिएको सचिवालयका ती सदस्यको भनाइ छ ।
प्रतिक्रिया