नेकपा प्रदेश ३ को सचिवालयमा नुवाकोटका छ जना परे

विदुर खबर २०७६ कार्तिक २३ गते १६:१५

नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नंं. प्रदेश संगठन कमिटीको टुङ्गो लागेको छ । २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरिएको छ ।

Advertisement

सचिवालयमा चितवन जिल्लाबाट अध्यक्ष नारायण दाहाल सहित ८ सदस्य छन् भने दोलखाबाट सचिव आनन्द प्रसाद पोखरेल सहित ४ सदस्यहरु रहेका छन् ।सचिवालयमा नुवाकोटका ६ जना नेताहरु परेका छन । सचिवालय नुवाकोटबाट परेका नेताहरुमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा सांसद केशव पाण्डे, राजेन्द्र प्रकाश लोहनी र रामप्रसाद ढुङ्गाना र पुष्प लामिछाने रहेका छन ।

प्रदेश भरीका सचिवालय सदस्यहरु हेर्दा सवैभन्दा बढी चितवनमा ९ जना र सवैभन्दा कम सिन्धुली र रसुवामा ३/३ जना रहेका छन् । प्रदेशका १३ जिल्ला मध्ये अन्य जिल्लाहरुमा काभ्रे ८, सिन्धुपाल्चोक ७, धादिङ, मकवानपुर ६/६, दोलखा, भक्तपुर, ललितपुर ५/५, रामेछाप ४ रहेका छन् ।

Advertisement

प्रतिक्रिया