प्रदेश ३ मा प्रभावकारी बन्दै ‘एक विद्यालय एक नर्स’ कार्यक्रम
नुवाकोट । प्रदेश ३ सरकारले निकै नै महत्वका साथमा शुरुआत गरेको एक विद्यालय, एक नर्स कार्यक्रमअन्तर्गत प्रदेशका विभिन्न ९३ वटा विद्यालयमा प्रतिविद्यालय एक जनाका दरले स्टाफ नर्सलाई परिचालन गरिएको छ ।
उनीहरु आजबाटै तोकिएको विद्यालयमा खटिने जनाइएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयमार्फत विद्यालयस्तरबाटै बालबालिकालाई सरसफाइ, स्वस्थ खानपान, किशोर किशोरी शिक्षालगायतका विषयवस्तुका बारेमा प्रशिक्षित गराउन तथा विद्यालयमा अध्ययनरत बालबालिकाको प्राथमिक स्वास्थ्योपचारका लागि स्वास्थ्य परिचारिकाका रुपमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरिएको हो । सो कार्यक्रम अनुसार गत वर्ष नमूना योजनाका रुपमा प्रदेशका विभिन्न २० वटा विद्यालयमा २० जना नर्स नियुक्त गरिएको थियो । उक्त कार्यक्रम प्रभावकारी भएसँगै मन्त्रालयले हाल प्रदेशका अन्य ९३ वटा विद्यालयका लागि नर्स नियुक्त गरि परिचालन गरेको मन्त्रालयले जनाएको छ ।
प्रदेशका ११९ वटा स्थानीय तहका एक एक विद्यालयमा यो वर्ष नर्स नियुक्त गर्ने कार्यक्रम तय भएको र बाँकी नर्स पनि छनोट गरी पठाउने योजना रहेको प्रदेश ३ को स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक रमेश अधिकारीले जानकारी दिनुभयो । प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले गत वर्ष नमुना कार्यक्रमका रुपमा लागू गरिएको विद्यालयमा कार्यक्रम निकै नै प्रभावकारी भएकाले आफूहरु उत्साहित भएको बताउनुभयो । उहाँले प्रदेश सरकारले अघि सारेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम प्रभावकारी हुने दाबी गर्नुभयो । मन्त्री दुलालले दीर्घकालीन सोचका साथ अघि बढाइएको कार्यक्रम प्रदेश ३ का सबै विद्यालयमा कार्यान्वयन गरिने बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया