नुवाकोटको कोल्फुखोला दोहनमा जनप्रनिधि र प्रहरीको मिलेमतो

विदुर खबर २०७६ कार्तिक २० गते १०:५४

नुवाकोट । नुवाकोट  कोल्फुखोलामा तीब्र रुपमा दोहन भईरहेको छ ।

Advertisement

कोल्फुुखोलाको अबैध दोहनमा स्थानीय प्रहरीको मिलेमतो र स्थानीय जनप्रतिनिधिले पनि मौनता देखिएकाले मोटो रकमको चलखेल भएको स्थानीयको आरोप छ । आफुलाई सत्तारुढ नेकपाको कार्यकर्ता बताउने भिमसेन विडारी र अनुज पुडासैनीले नुवाकोट जिल्लाको कोल्फुखोलाको किनारामा अवैध रुपमा बालुवा उत्खन्न कार्य तीब्र रुपमा सञ्चालन गरेका छन् । कुमरीलाई जिल्लामा माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।

माओवादी नेताहरुको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्दै अवैध कार्य जारी राखको स्थानीय जनताको आरोप रहेको छ । स्थानीय रामबहादुर तामाङले  टेलिफोन सम्पर्कमा भने, सर कोल्फु खोलाको ठूलोे बगर क्षेत्रमा अवैध रुपमा बालुवा उत्खन्न् भईरहँदा नगरपालिका र प्रहरीको नियमनकारी निकाय मौन रहेको छ । यो मिलेर खाने दाउ त होईन भन्ने स्थानीय जनतालाई लागेको छ तामाङले भने । बेल्कोटगढी नगरपालिले यो बर्ष अबैध रुपमा उत्खनन गरेको नदीजन्य पदार्थको लिलामी बिक्रिको सुचना जारी गरेको भए पनि सो क्षेत्रमा तस्करलाई सुनपानी छर्कर्ने उपायको रुपमा लिलामिलाई स्थानीयले लिएका छन् ।

Advertisement

यो बर्ष नगरपालिकाले नगर क्षेत्रको कोल्फुखोला र त्रिशुली नदी किनारमा रहेका अबैध बालुवा उत्खनन्लाई लिलामी बिक्रिको बोलपत्र आब्हान गरिए पनि कुमरी क्षेत्रमा भएको अवैध उत्खनन् बारे नगरपालिका र प्रहरी मौन रहनुलाई मिलेमतोको रहेको स्थानीइ बताउँछन् । नगरपालिकाले अधिक मात्रामा नदी दोहन गर्नेहरुलाई राजनीतिक आस्था र पहुँचको आधारमा छुट दिएको स्थानीयको गुनासो रहेको छ ।

नगरपालिकाले कतिपय बालुवा तस्करको अवैध उत्खननलाई वैध बनाउन लिलामि बिक्रिको अबधारणा ल्याए पनि अवैध रुपमा खोला उत्खनन् र नदी जन्य पदार्थको दोहन गर्ने तस्करलाई सुनपानी छर्कन लिलामि बिक्रिको अवधाराणा ल्याईएको स्थानीयको आरोप छ । नगरपालिकाका पदाधिकारीले मोटो रकम लिएर कोल्फुखोलाको कुमरी क्षेत्रमा दोहान गर्ने छुट दिएको एक बालुवा व्यापारी रामप्रसाद नेपालले बताएका छन् । अन्य क्षेत्रका व्यापारीलाई लिलामी र करको हैरानी तर कुमरी र कोल्फु खोलाको व्यापारीलाई छुट किन ? उनले भने, बालुवा व्यापारीहरुलाई राज्यले करको दायरामा ल्याएकोले उनीहरुले निर्वाधरुपमा व्यापार व्यवासाय गर्न पाउनु पर्ने जिकीर गरेका छन् ।

Advertisement

हेर्नुहोस लिलामीको सुचना ।

नगरपालिकाले अवैधरुपमा उत्खनन् गरेका नदीजन्य सामाग्रीहरुको लिलामी बिक्रि गरेको भए पनि कुमरी क्षेत्रमा अवैधरुपमा सञ्चालित बालुवा खानीहरुले मनोमानी गरिरहेका छन् । यो बारेमा सम्पर्क गर्न खोज्दा बेलकोटगढीका मेयर राजेन्द्र रमण खनालको फोन सम्पर्क हुन सकेन । यो क्षेत्रबाट गत आर्थिक बर्षमा बालुवा निकासी बापत ०७४/०७५मा २५ लाख बराबराको राजस्व संकलन गरेको नगरपालिकाको तथ्याङकमा उल्लेख गरिएको छ । यतिबेला सो क्षेत्रमा करोडौ रकम बराबरको बालवाको अबैध उल्खनन् रहेको स्रोतको दाबी छ । जिल्लाको दुर्गम मानिने सो क्षेत्रमा जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा अबैध बालुवा तस्करी जारी रहेको नाम नभन्ने सर्तमा एक स्थानीयले हामीलाई बताएका छन् ।

समाजबाद डटकमको सहयोगमा

प्रतिक्रिया