धादिङमा पहिलाे पटक शिक्षक हाजिरी जवाफ
धादिङ । धादिङ जिल्ला मै पहिलाे पटक बेनिघाट राेराङ गाउँपालिकाले शिक्षक हाजिरी जवाफ प्रतियाेगिता आज देखि सुरु गर्ने भएकाे छ ।
गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय, आधारभुत तह (६-८) स्तरीय र आधारभुत तह (१-५) सम्मकाे तन तह बनाएर बेनिघाट राेराङ गाउँपालिकाले साेमबार देखि शिक्षक हाजिरी जवाफ प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाेे ।गाउँपालिकाका शिक्षा अधिकृत बाेधराज पाठकका अनुसार माध्यमिक तह स्तरीय हाजिरी जवाफ साेमबार बागेश्वरी मावि मलेखुमा, आधारभुत तह (६-८) काे शंखादेवि मावि मझिमटार कार्तिक १९ गते, र आधारभुत तह (१-५) काे चन्द्रोदय मावि बिशालटारमा कार्तिक २० गते हुनेछ ।
बेनिघाट राेराङले शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई जाेड दिई रहेकाे बताउँदै शिक्षा अधिकृत पाठकले याे हाजिरी जवाफ प्रतियाेगिताले शिक्षकमा नयाँ हाैसला थपिएको बताए ।एकीकृत अखिल नेपाल शिक्षक सड़गठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ शिक्षक हाजिरी जवाफ प्रतियाेगिता बेनिघाट राेराङले सुरु गरेकाेमा खुसी व्यक्त गर्दै यस्ताे कार्यक्रम सबै गाउँपालिकाले गर्नु पर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










नुवाकोटसहित बागमतीका ६ जिल्लामा तामाङ र नेपाल भाषा प्रयोग विस्तारबारे अभिमुखीकरण
आगामी आर्थिक वर्ष नुवाकाेटकाे कुन स्थानीय तहलाई कति अनुदान ? (सूचीसहित)
रास्वपा बागमती प्रदेश अधिवेशन भोलि, सभापतिमा लामिछाने र अर्यालको प्रतिस्पर्धा
रास्वपा रसुवाको सभापतिमा वसन्त भट्ट निर्वाचित
नुवाकोटका १२ स्थानीय तहमा साढे ३ अर्बको बजेट, कुनलाई कति ? (विवरणसहित)





प्रतिक्रिया