धादिङमा पहिलाे पटक शिक्षक हाजिरी जवाफ

विदुर खबर २०७६ कार्तिक १८ गते २०:३९

धादिङ । धादिङ जिल्ला मै पहिलाे पटक बेनिघाट राेराङ गाउँपालिकाले शिक्षक हाजिरी जवाफ प्रतियाेगिता आज देखि सुरु गर्ने भएकाे छ ।

Advertisement

गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय, आधारभुत तह (६-८) स्तरीय र आधारभुत तह (१-५) सम्मकाे तन तह बनाएर बेनिघाट राेराङ गाउँपालिकाले साेमबार देखि शिक्षक हाजिरी जवाफ प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाेे ।गाउँपालिकाका शिक्षा अधिकृत बाेधराज पाठकका अनुसार माध्यमिक तह स्तरीय हाजिरी जवाफ साेमबार बागेश्वरी मावि मलेखुमा, आधारभुत तह (६-८) काे शंखादेवि मावि मझिमटार कार्तिक १९ गते, र आधारभुत तह (१-५) काे चन्द्रोदय मावि बिशालटारमा कार्तिक २० गते हुनेछ ।

बेनिघाट राेराङले शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई जाेड दिई रहेकाे बताउँदै शिक्षा अधिकृत पाठकले याे हाजिरी जवाफ प्रतियाेगिताले शिक्षकमा नयाँ हाैसला थपिएको बताए ।एकीकृत अखिल नेपाल शिक्षक सड़गठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ शिक्षक हाजिरी जवाफ प्रतियाेगिता बेनिघाट राेराङले सुरु गरेकाेमा खुसी व्यक्त गर्दै यस्ताे कार्यक्रम सबै गाउँपालिकाले गर्नु पर्ने बताए ।

Advertisement

प्रतिक्रिया