सिन्धुपाल्चोक बस दुर्घटना : मृतकको संख्या १७ पुग्यो

विदुर खबर २०७६ कार्तिक १७ गते १८:२०
फोटो पत्रकार नानीराम नेपालबाट

                                                                    फोटो : पत्रकार नानीराम नेपालबाट

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाको सुकुटेस्थित सुनकोशी नदीमा आइतबार बस खस्दा १७ जनाको मृत्यु भएको छ भने ४५ जना भन्दा बढि घाइते भएका छन् ।

Advertisement

मृतक मध्ये दुईजनाको उपचारका क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको छ । अन्य घाइतेहरुलाई भने उपचारका लागि वभिन्न अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ । यस्तै नदिको विभिन्न भागबाट हालसम्म १५ जनाको शव निकालिएको छ । खोलामा डुबेको बस भने क्रेन लगाएर माथि तानिएको छ । बसमा कति जना यात्रु थिए भन्ने एकिन नभएकोले अझै केही यात्रु पानीमा हराएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

दोलखाको देउरालीबाट मागे देउरालीबाट काठमाडौं आउँदै गरेको बा२ख ७२४५ नम्बरको बस सडकबाट करिब सय मिटर तल नदीमा खसेको हो ।

Advertisement

प्रतिक्रिया