५ केजी गाँजासहित धादिङबाट २ जना पक्राउ

विदुर खबर २०७६ कार्तिक १७ गते ११:०८

धादिङ  । बेनिघाट रोराङ गाउँपालिका(३ मलेखुबाट अवैध लागु औषध गाँजा करिब ५ केजीसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

कास्कीको पोखरा महानगरपालिका(१४ बस्ने २२ वर्षीय कृष्ण क्षेत्री र रोल्पा झेलबाङ गाउँपालिका(३ बस्ने २६ वर्षीया संगिता परियार पक्राउ परेका हुन् । प्रहरी चौकी मलेखु र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले ग१०प ४४९४ नम्बरको स्कुटर जाँच गर्ने क्रममा चालक कृष्ण र स्कुटरमा सवार संगीतालाई उक्त लागु औषधसहित फेला पारी पक्राउ गरेको हो ।

 

Advertisement

प्रतिक्रिया