आफुले खाएको थाल आँफै माझेर ‘परिवर्तन आँफैबाट’ भन्ने उदाहरण दिए मन्त्री गोकर्ण बिष्टले

विदुर खबर २०७६ कार्तिक १७ गते १०:०३

बुटवल । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्ट शनिवार विहान देखि गृह जिल्ला गुल्मीका विभिन्न कार्याक्रममा सहभागी भएका छन ।

Advertisement

शुक्रवार साँझ सदरमुकाम तम्घास आई पुगेको मन्त्री विष्ट आईतवार विहानै गुल्मीको धार्मिक क्षेत्र रेसुङ्गा यज्ञशालाको दर्शन गर्न पु्गे । दर्शन गरे लगत्तै मन्त्री विष्ट स्थानीय पुर्वधार विकास साँझेदारी कार्यक्रम परामर्श समितिको बैठकमा सहभागी भए ।

त्यसपछि यज्ञशालाको भान्छामा तयारी भएको साकाहारी भोजन खुवाउन सुरु गरियो । मन्त्री बिष्ट र नेकपाका केन्द्रीय सदस्य तथा प्रदेश सांसद दिनेश पन्थी संगै बसेर भोजन गर्न थाले । भोजनपछि सहयोगीहरुले थाल मागेर धुन खोजिरहेको बेला मन्त्री बिष्ट र सांसद पन्थीले अरुलाई थाल माझ्न दिन चाहेका थिएनन्।

Advertisement

त्यस्तैगरी मन्त्री विष्ट पनि आफैले खान खाएको थाल बोकेर धारा तर्फ माझ्न पुगेर माझे त्यसपछि भान्छेलाई बुझाए । मन्त्रीले नै थाल माझेपछि अन्ततः मन्त्री संगै पुगेका जिल्ला समन्व्य समितिका प्रमुख लक्ष्मण बिष्ट , रेसुङ्गा नगरपालिका र मृृुसिकोट नगरपालिकाका मेयर क्रमशः डिल्लीराज भुसाल , सोमनाथ सापकोटा लगायतका जनप्रतिनिधीहरु पनि आफुले खान खाएको थाल आफै माझे यसबाट परिवर्तनको उदाहरण आफैबाट सुरु गर्नु पर्छ भन्ने बुझ्न सकिन्थ्यो ।

रेसुङ्गा संरक्षण समितिका अध्यक्ष सुरेश भुसालका अनुसार मन्त्री बिष्टले रेसुङ्गा धार्मिक क्षेत्रको विकासका लागि गुरु योजना अनुसार काम गर्न सुझाव दिदै आफ्ुले सक्दो सहयोग गर्ने आश्वासन दिएका छन् । उनले त्यहाँको जिर्ण शिद्धको मन्दिर निर्माणका लागि पनि आफुले सहयोग गर्ने बताएका छन ।

Advertisement

त्यहाँबाट सदरमुकाममा फकेर मन्त्री विष्ट स्थानीय जनप्रतिनिधीहरु संग विकास निर्माणबारे अन्तरकृयामा सहभागी भएका छन् । त्यस पछि उनी निर्वाचन क्षेत्र नम्वर २ का विभिन्न स्थानका कार्यक्रममा सहभागी हुने र तीन दिनको बसाई गृह जिल्लामा हुने मन्त्री बिष्टका स्वकिय सचिव गणेश श्रीपालीले जानकारी दिए ।

प्रतिक्रिया