छठको तेस्रो दिनः अस्ताउँदै गरेको सूर्यलाई अर्घ दिने दिन

विदुर खबर २०७६ कार्तिक १६ गते ८:०१

नुवाकोट ।  मिथिलासहित तराई मधेशमा आज महान पर्व छठ मनाईदैं छ। चार दिवसीय छठ पर्वको आज तेस्रो दिन साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई अर्घ अपर्ण गरिनेछ।

Advertisement

आजका दिन व्रत गर्ने महिला र पुरुषहरुले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई पोखरी नदी वा पवित्र जलाशयमा उभेर  ढकना/सर्वा (माटोले निर्मित भाड़ा वर्तन),कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाड़ा वर्तनमा राखिएको केरा,स्याऊ,ठेकुवा,भूस्बा,खाजा,लड्डू सहितका सामग्रीहरु सूर्य देवतालाई चढ़ाउने गर्दछन् ।

सन्तानको लामो आयुका लागि गरिने छठ पर्व गर्दा छाला सम्बन्धी रोग समेत नलाग्ने जनविश्वास छ। छठ पर्व भोलि बिहान उदाउँदै गरेको सूर्यलाई त्यही अर्घ गर्दै छठ पर्व सम्पन्न हुनेछ भने दुई दिन लगातार निराहार व्रत बसेका व्रतालुहरुले उक्त दिन व्रत तोड्दै पारन गर्नेछन्।

Advertisement

प्रतिक्रिया