शपथ लिन डराएकी सावित्रीको संसद यात्रा
जनकपुरधाम- नेपालमा महिलाको अवस्था दयनीय छ । त्यसमा पनि तराई मेधसका महिलाको सामाजिक, राजनीतिक उपस्थिति निकै कमजोर छ । खास गरेर महिला घरेलु काममा र चुलोचौकामा मात्र व्यस्त रहने प्रवृति रहेको छ । तर संविधानले संसद, स्थानीय तह लगायतका महिलाको प्रतिनिधित्व अनिवार्य गरेसँगै उनीहरुको यी पदहरुमा उपस्थिति भएको हो ।
घर व्यवहारमा मात्र सिमित हुने महिलालाई ६२ बर्षको उमेरमा अचानक राजनीतिमा ल्याए कस्तो हुन्छ ? यस्तै भएको छ प्रदेश नं.२ को प्रदेशसभामा ।
सर्लाही ब्रम्हपुरी गाउँपालिका २ कि ६२ वर्षीया सावित्री देवी साह प्रदेशसभामा समानुपातिक सांसद बनेकी छन् । नेपाल संघीय समाजवादी पार्टीले उनलाई समानुपातिक सांसदमा सिफारिस गरेपछि उनी उक्त पार्टीबाट सांसदको रुपमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने एक्लो महिला सदस्य बनेकी छिन् ।
साह सांसदमा सिफारिस हुनुभन्दा अघि उनको दैनिकी चुलो चौका, परिवार चलाउने घर व्यवहार मिलाउने थियो । तर, अचानक उनको दुनियाँ नै परिवर्तन भएको छ ।
४५ वर्ष अघि भारतको विहारबाट म्याट्रिक परीक्षा पास गरेपनि अध्ययनको क्रम छाडेका कारण उनलाई पढ्ने बानीसमेत छुटेको थियो । तर सावित्रीलाई संसदको बैठकमा अहिले दिनहु जसो मन्तव्य राख्नु पर्ने हुन्छ ।
संसदमा उनी हिन्दी भाषामा लेखिएको मन्तव्य बाचन गर्ने गर्छिन् ।
सदनमा बोल्नका लागि मन्तव्य उनका पतिले लेखिदिने गरेका छन् । पतिले लेखिदिएको भाषण उनले १० देखि १५ पटकसम्म पढेर अध्ययन गर्ने गरेकी छिन् ।
उनी सदनमा बोल्दा कतिपयले उनको कुरा काट्ने गर्छन् भने कतिपयले विस्तारै सिकिन्छ भन्दै हौसला प्रदान गर्छन् ।
माइती भारत विहारको सितामढीमा भएकी सावित्रीले नेपाली भाषा बुझ्दिनन् । उनलाई हिन्दी मैथिली रठेठी भाषा बोल्न आएपनि समूहमा भने उनी बोल्न सक्दिनन् ।
प्रदेशसभा सांसदको शपथ ग्रहण समारोह जनकपुरको उद्योग बाणिज्यसंघमा आयोजन गरिएको बेला सांसद सावित्री देवी साह निकै डराएकी थिईन् ।
शपथ त जसो तसो उनले लिईन तर जब सांसदहरुलाई सम्मान गर्ने कुरा आयो उनी निकै डराइन् ।
पालै पालो सांसदहरुलाई सम्मानका लागि मञ्चमा बोलाइयो, त्यतिबेला उनको खुट्टा चल्ने अवस्थामा थिएन् । डरका कारण उनको धड्कन निकै बढेको थियो ।
‘त्यो दिन म धेरै डराएकी थिएँ । जसो तसो मञ्चमा त पुगें तर पुग्ने वितिकै जब मलाई सम्मान गरियो मेरो जिऊ थरथर काप्न थाल्यो ’ सांसद साहले भनिन् ‘यस्तो अनुभुति भईरहेको थियो कि आज नै मलाई सबैभन्दा वढी जाडो लागिरहेको छ ।’
शपथ लिन डराउनेलाई भाषणको झमेला
पद तथा गोपनियताको शपथ लिन समेत डराएकी सावित्रीलाई अर्को समस्या प¥यो । प्रदेशसभाको पहिलो बैठकमै उनले ड्यासम गएर आफ्ना भनाइ राख्नु पर्ने भयो । प्रदेशसभाका जेष्ठ सदस्य लगनलाल चौधरीले नाम बोलाएपछि उनी ड्यासमा पुगिन् श्रीमानले लेखेर दिएको मन्तव्य डराउँदै जसोतसो पढिन् ।
‘विस्तारै विस्तारै अक्षर चिन्दै पढेर भाषण गरें । मलाई अत्यन्तै नराम्रो लागिरहेको थियो । किनभने त्यस अगाडिसम्म मैले यति धेरै मानिसहरुकाबीच कहिल्यै पनि बोलेको थिईन’ सांसद सावित्रीले भनिन् ।
उनको पार्टीको तर्फबाट उनी एक मात्र महिला सांसद भएकी कारण संसदको प्रत्येक जसो समितिमा उनी सदस्य छिन् ।
सदनमा राजनीतिक दलको तर्फबाट मनतव्य राख्नुपर्ने अवसर आउँदा सावित्रीलाई पनि अनिवार्य रुपमा बोल्ने मौका दिने गरिन्छ । अब विस्तारै उनी खुल्दै गएकी छिन् । सावित्री भन्छिन्,‘जुन दिन मलाई आफ्नै मनले बोल्न आउन थाल्छ र भाषण गर्न सक्छु त्यो दिन मात्र आफू सफल भएँ भन्ने अनुभुति हुनेछ ।’ हुन त सदनमा उनीभन्दा पनि कमजोर वा भनौं निरक्षर महिला सांसद पनि नभएको होईन । तर, उनीहरुलाई सदनमा आएर बोल्नु पर्दैन त्यसैले अरुलाई खासै असर नपरेपनि आफूलाई धेरै असर परिरहेको उनी बताउँछिन् ।
पतिको साथ
सांसद सावित्रीका पति सिताराम साह राजनीतिक व्यक्ति हुन् । उनी प्रत्येक दिन आफ्नी पत्नीलाई लिएर सदनमा आउने गर्छन् । सँगै लिएर घर फर्किने गर्छन् । प्रत्येक दिन पत्नीलाई पढाउने गर्छन् । चुलो चौकामा मात्र व्यस्त हुने सावित्री अचेल दैनिक रुपमा पत्रपत्रिका पढ्न थालेकी छिन् ।
सिताराम साह रिझवान अन्सारीले नेतृत्व गरेको नेपाल संघीय समाजवादी पार्टीको संस्थापक केन्द्रिय सदस्य हुन् । उक्त पार्टीले समानुपातिक पदमा ४३ जनाको नाम सिफारिस गरेको थियो । तर, मत परिणाम अनुसार एउटा मात्रै मधेसी महिलाको सिट उक्त पार्टीको भागमा परेको थियो । पार्टीका केन्द्रिय अध्यक्ष अन्सारीको आदेश र सुझाव अनुसार सावित्री देवीको नाम सिफारिस गरिएको थियो ।
सिफारिस गरेपछि विरोध जनाउँदै आएकी सावित्रीले आफू राजनीतिमा कुनै पनि हालतमा नजाने अडान राखिरहिन । तर, उनको केही पनि चलेन । जब उनी सांसदको रुपमा शपथ लिईन तब पनि उनी आफू सांसद नबन्ने, घर परिवारमै ठिक छु भनेर भनिरहेकी थिईन् । पार्टी अध्यक्ष अन्सारीले विस्तारै सबै ठिक हुन्छ भनेर भनेपछि उनी अब विस्तारै राजनीतिमा सक्रिय हुन थालेकी छिन् ।
सांसद सावित्रीका पति सिताराम भन्छन्,“ मैले कहिल्यै पनि सोचेको थिईन कि मेरी पत्नी सांसद बन्ने छिन् । अहिले उनलाई घुलमिल हुन केही अप्ठयारो भएपनि पछि उनी राजनीतिमा स्थापित हुने विश्वास छ ।”
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया