आइतबार सार्बजनिक बिदा

विदुर खबर २०७६ कार्तिक १५ गते १८:४५

बिदुर। प्रदेश २ सरकारले मधेसी समुदायको मुख्य चाड छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ।

Advertisement

यसपटकको छठ पर्व शनिबार र आइतबार परेको छ। शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ। यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो। २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक छठ पर्वमा २ दिन बिदा दिएको थियो।

छठ पर्व कठोर पर्व भएको र दुवै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा छठमा दुई दिन बिदा दिने उल्लेख गरेको छ। शनिबार स्वतः बिदा हुने भए पनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले बिदा दिएको हो। यो दिन शनिबार नै परे पनि संघीय सरकारले समेत बिदा दिएको सूची बनाएको छ।

Advertisement

प्रतिक्रिया