आइतबार सार्बजनिक बिदा
विदुर खबर
२०७६ कार्तिक १५ गते १८:४५
बिदुर। प्रदेश २ सरकारले मधेसी समुदायको मुख्य चाड छठ पर्वको अवसरमा कात्तिक १७ गते आइतबार सार्वजनिक बिदा दिएको छ।
यसपटकको छठ पर्व शनिबार र आइतबार परेको छ। शनिबार अस्ताउँदो सूर्यलाई र आइतबार उदाउँदो सूर्यलाई अर्घ दिएर छठ पर्व मनाइँदैछ। यसअघि संघीय सरकारले छठ पर्वको पहिलो दिन मात्रै बिदा दिँदै आएको थियो। २०७४ सालको छठ पर्वमा शेरबहादुर देउवा नेतृत्वको सरकारले पहिलोपटक छठ पर्वमा २ दिन बिदा दिएको थियो।
छठ पर्व कठोर पर्व भएको र दुवै दिन बिदा दिनुपर्ने ठहरसहित प्रदेश सरकारले आफ्नो क्यालेन्डरमा छठमा दुई दिन बिदा दिने उल्लेख गरेको छ। शनिबार स्वतः बिदा हुने भए पनि छठ पर्वको अवसर पारेर शनिबार र आइतबार समेत प्रदेश सरकारले बिदा दिएको हो। यो दिन शनिबार नै परे पनि संघीय सरकारले समेत बिदा दिएको सूची बनाएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










‘आइएम जितबहादुर’ प्रचारको लागि जितु नेपाल नुवाकोट आए
नुवाकोटमा झुन्डिएको अवस्थामा फेला परेकी सशस्त्र प्रहरीकी जवानकाे मृत्यु
विदुर ५ नुवाकाेटकाे पहिलो प्लाष्टिक मुक्त वडा घोषणा
कांग्रेसभित्र बृहत्तर एकता नभए पुनरुत्थान कठिन छ : डा. महत
एमसीसीका २ सबस्टेसन र २९७ किलोमिटर प्रसारण लाइन निर्माण सुरु





प्रतिक्रिया