नेकपा प्रदेश ३ को कडा सर्कुलर, उपनिर्वाचनमा नखटने र असहयोग गर्नेलाई सिधै निश्काशन
नुवाकोट । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मंसिर १४ मा हुने उपनिर्वाचनमा नखट्ने र असहयोग गरेको पाइएमा नेता कार्यकर्ता जोसुकै भए पनि कडा कारवाही गर्ने चेतावनी दिएको छ ।
नेकपा नेकपा प्रदेश ३ कमिटीले उपनिर्वाचनमा खटिने नेतादेखि कार्यकर्तासम्म सवैको अभिलेख राख्नसमेत मातहत कमिटीहरुलाई निर्देशन दिएको छ । नेकपा प्रदेश ३ ले कार्यकर्ताका लागि जारी गरेको सर्कुलरमा निर्वाचन अभियानमा खट्ने कार्यकर्ताको अभिलेख राख्ने र कमिटीले मूल्यांकनको विषय बनाउनुपर्ने निर्देशन दिइएको छ । पार्टीमा कामचोरहरु बढेको र चुनावमा खटिने नेता कार्यकर्ताको कमी हुने देखेपछि नेकपाले यस्तो सर्कुलर पठाएको हो । ‘अभियानमा नखट्ने,पार्टी निर्देशनको अवज्ञा गर्ने र असहयोग गर्ने जो कसैलाई पनि पार्टीले छुट दिनेछैन । कडा कारबाहीको विषय बन्नेछ,’ नेकपाको सुर्कुलरमा भनिएको छ । पार्टीभित्रका आन्तरिक मनमुटाव र असमझदारीका विषयहरु भए तत्काल समाधान गर्न र तत्काल समाधान हुन नसक्ने कुनै विषय बाँकी रहेमा निर्वाचन अवधिभर चर्चा गर्न नपाईने निर्देशनसमेत दिइएको छ ।
नेकपाले उपनिर्वाचनका बेला सरकार, पार्टी र नेतृत्वबारेमा नकारात्मक टिप्पणी गर्नसमेत रोक लगाएको छ । बिरोधीले नकारात्मक टिप्पणी गरेमा तत्काल प्रतिवाद गर्नसमेत कार्यकर्तालाई निर्देशन दिइएको छ । सर्कुलरमा उपनिर्वाचनका बेला पार्टी सदस्य, समर्थक र सहयोगीहरुबाट चन्दा उठाइ निर्वाचन खर्चको बन्दोबस्न गर्नुपर्ने र बिगतको अनुभवलाई समेत ध्यानमा राखेर खर्चमा मितव्ययतिता अपनाउन भनिएको छ ।
प्रदेश ३ अन्तर्गत भक्तपुरमा प्रदेशसभा र रामेछापको उमाकुण्ड गाउँपालिका, काठमाडौंको दक्षिणकाली र चितवनका खैरहनीका दुई तथा भरतपुर महानगरपालिकाको एक वडामा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन मिनी जनमत संग्रहसमेत भएकाले पार्टीले यो अभियानमा सबै कार्यकर्तालाई एकजुट भएर होमिन निर्देशन दिएको प्रदेश ३ का सचिव तथा नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले बताउनुभयो ।
निर्वाचनको बेला दायाँबायाँ गर्ने नेता कार्यकर्ता जो भए पनि मुख नहेरी कठोर कारबाही गर्ने निर्णय लिइएको जानकारी पनि पोखरेलले दिनुभयो । पोखरेलका अनुसार बिहिबार बसेको प्रदेश कमिटी सचिवालय बैठकले निर्वाचन परिचालन तथा तयारी समिति समेत गठन गरेको छ । उपनिर्वाचनको कामलाई व्यवस्थित गर्न गठित सचिवालयमा प्रदेश अध्यक्ष नारायण दाहाल, सचिव पोखरेलसहित कृष्ण राई, रुकु चौलागाई, यमवहादुर परियार, बचन देउजा र डिपी ढकाल हुनुहुन्छ । प्रदेश ३ मा उपनिर्वाचन हुन लागेकामध्ये खैरहनी नगरपालिकाका दुई वडा बाहेक अरु सबै ठाउँमा बिगतमा तत्कालीन एमालेका उम्मेदवार बिजयी बनेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया