चिलिमेको सेयर यसरी लाग्यो ओरालो, सेयर मूल्य अझै घट्ने संभावना

विदुर खबर २०७६ कार्तिक १४ गते १९:५०

गत आवको चौथो त्रैमासमा चिलिमे हाइड्रोपावर कम्पनीले २२.८९ प्रतिशतले खुद नाफा घटेर ७१ करोड ५७ लाख रुपैयाँ मात्र कमाएको छ ।

Advertisement

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा चिलिमे हाइड्रोपावर कम्पनीले ९२ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत बिक्रीबाट २.८०५ आम्दानी तथा बैंक निक्षेपबाट ७५.७० प्रतिशतले ब्याज आम्दानी वृद्धि र विद्युत आयोजनाको सञ्चालन खर्च घटाउन सकिए पनि सरकारलाई १२ करोड ५१ लाख ५० हजार रुपैयाँ रोयल्टी तिर्नु परेकोले चिलिमेको नाफा प्रभावित भएको हो ।

गत आवको सोही समय २ करोड ४९ लाख ७८ हजार रुपैयाँमात्र रोयल्टी तिरेको थियो । कम्पनीले तिर्नुपर्ने करको मात्रा पनि बढेको छ । चिलिमेको चालु कर अघिल्लो आवको तुलनामा १५१२.६२ प्रतिशतले बढेर १९ करोड ६२ लाख ७० हजार रुपैयाँ खर्च गरेको देखिन्छ । जबकि अघिल्लो वर्ष यही शीर्षकमा जम्मा १ करोड २१ लाख ७० हजार रुपैयाँमात्र खर्च थियो । चिलिमेले यसअघि कर छुट पाउने गरेकोमा सञ्चालन आएको १५ वर्ष पूरा भइसकेकाले तिर्नुपर्ने कर र रोयल्टी बढेको हो ।

Advertisement

चिलिमे हाइड्रोपावर कम्पनीको रिटर्न अर्निंङ ८.०६ प्रतिशतले घटेर ४ अर्व ५५ करोड ८५ लाख रुपैंया सञ्चय रहेको छ । अघिल्लो आवको सोहो समयमा ४ अर्व ९५ करोड ८३ लाख रुपैंयो थियो । जोखिम व्यवस्थापन शीर्षक अन्तर्गत ४४५.६० प्रतिशतले बढेर २१ करोड ९५ लाख राखेको छ ।

गत वर्ष ४ करोड २ लाख रुपैंया मात्र छुट्याएको थियो । विद्युत बिक्रीबाट हुने आम्दानी २.८१५ ले बढेर १ अर्ब १७ करोड ४ लाख आम्दानी आर्जन गर्न सफल भएको छ । गत वर्ष सोहो अवधिमा १ अर्व १३ करोड रुपैयाँ मात्र आम्दानी थियो ।

Advertisement

त्यसरी वित्तिय आम्दानी पनि ७५,७० प्रतिशतले बढेर १२ करोड २ लाख आर्जन गरको छ जुन अघिल्लो वर्ष ६ करोड ८४ लाख रुपैयाँ मात्र थियो । कम्पनीले २० प्रतिशत बोनस सेयर वितरणबाट ४ अर्ब ७५ करोड ८१ लाख चुक्ता पुंजी पुर्याएको छ ।

अघिल्लो वर्ष सेयर पुँजी ३ अर्ब ९६ करोड ५१ लाख रुपैयाँ थियो । चिलिमेको प्रतिसेयर आम्दानी ३५.७५ प्रतिशतले घटेर १५ रुपैयाँ ४ पैसा पुगेको छ । त्यस्तै मूल्य आम्दानी अनुपात ३४.६३ गुणा, प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ८१ पैसा, प्रति कित्ता सम्पत्ति मूल्य १९५.८१ रुपैयाँ तथा तरलता अनुपात ७.२८ गुणा छ ।

फ्लोरसिटबाट हेर्दा

ब्रोकर न ३४, ४४, २८ र ५८ बाट सबैभन्दा बढी कारोबार भएको छ । त्यस्तै बजार मूल्य ४८० तथा ५१५ को तहमा ६० हजारदेखि ३० हजार कित्ता शेयर कारोबार भएको छ । त्यसले पनि यी मूल्यको आफै बलियो अवरोध मान्न सकिन्छ ।

प्राविधिक विश्लेषण

मैनबती आकृति विश्लेषण

मैनबत्ती आकृतिले खरिदकर्ता तथा बिक्रीकर्ताको चापको देखाउँछ । साप्ताहिक मैनबत्ति हेर्दा वियरिश स्पिनिङ टप बनेको छ । जसमा माथिलो र तल्लोपट्टी सानो स्याडो छ ।

१४ दिने रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)

रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई)ले अधिक खरिद (ओभरसोल्ड जोन) मूल्य वा अधिक बिक्री (ओभरसोल्ड जोन) परिवर्तनको परिमाण मापन गर्दछ । साताको अन्तिम दिन कारोबार बन्द हुँदा आरएसआई २८ बाट २५ स्केल आएको छ । जसले ओभर सोल्ड जोनमा रहेको संकेत गर्दछ । आरएसआई रेखा ० देखि १०० स्केलभित्र मुभ हुने गर्छ । मूलत साइडवेज् रुपमा चलिरहेको बजारमा सेयर किनबेच गर्न बढी उपयोगी मानिन्छ ।

मुभिङ एभरेज कन्भर्जेन्स डाइभर्जेन्स (एमएसीडी)

एमएसीडीमा २ ओटा रेखा हुन्छन जसमा एउटा रेखाले बजारको दिशा परिवर्तनको संकेत गर्छ भने अर्कोे रेखाले बजारको प्रवृत्ति (ट्रेण्ड) देखाउने गर्छ । यदि एमएसीडी रेखाले सिग्लन रेखालाई तलबाट माथि काटेमा यसलाई सकारात्मक संकेतका रुपमा लिइन्छ र यसले सेयर किन्ने संकेत गर्दछ । भने यदी एमएसीडी रेखाले सिग्लन रेखालाई माथिबाट तल काटेमा यसलाई नकारात्मक संकेतका रुपमा लिइन्छ ।

र, यसले सेयरहरु बेच्ने संकेत गर्दछ । एमएसिडी र सिग्नल लाइन सेन्ट्रल लाइन भन्दा मुनि समान्तर हिँडेको छ । यसले पनि अहिले मूल्य स्थिर रहने संकेत गर्दछ ।

कमोडिटी च्यानल इन्डेस्क

गत हप्ता कारोबार बन्दसगै कमोडिटि च्यानल इन्डेस्कले धनात्मक ८७ को स्केलमा छ । सिसिआई धनात्मक १०० तथा ऋणात्मक १०० मा विभाजन गर्दछ । यदी बजार धनात्मक १०० भन्दा माथि रह्यो भने बढ्ने र ऋणात्मक १०० को स्केलभन्दा तल गएपछि घट्ने संकेत मानिन्छ ।

बोलिंजर ब्याण्ड

बोलिंजर ब्याण्ड भोलुममा आधारित प्राविधिक सूचक हो । जसमा अपर, मिड तथा लो ब्याण्ड हुन्छ । तथ्यांक शांस्त्रको स्ट्यान्डर्ड डेभिएसनको सुत्र प्रयोग भएकाले एक आपसमा निश्चित दुरी तय गर्छ ।

यस सूचकले बजारको भोलातिलिटी मापन गर्दछ । कम्पनीको चार्ट हर्दा मूल्यले तल्लो ब्याण्ड छोएर फर्किएको छ भने तीन ओटै ब्याण्ड फैलिएको छ । यसले बैंकको मूल्य तत्काल ठूलो उतारचढाव कम हुने जनाउँछ ।

निश्कर्ष

प्राविधिक परिसूचकबाट तत्काल ठूलो उतारचढावको संकेत देखिँदैन । करिब ३ महिनाको समयमा हाईड्रो पावर समूह अधिक घट्यो । कुनै पनि हाईड्रोपावरको निर्माण लागत बढी भएर लामो समयसम्म उचित प्रतिफल दिन सक्दैन ।

उत्पादन सीमित हुने हुँदा निश्चित समय पश्चात आम्दानी स्थिर हुने गर्दछ । अधिकांश कम्पनीले लामो समयदेखि कुनै लाभांश दिन नसकेको अवस्था छ । त्यसकारणले पनि हाईड्रो समूह सबैभन्दा धरै चपेटामा परेको देखिन्छ । चिमिले हाईड्रो पावर कम्पनी आफै २०१३ यताको सबैभन्दा न्यून बिन्दुमा छ ।

आधारभूत पक्ष हेर्दा गत आवको चौथो त्रैमासमा ७१ करोडमात्र खुद नाफा कमायो । कम्पनीले सञ्चालन खर्च नियन्त्रण गरिए पनि सरकारलाई तिर्नुपर्ने रोयल्टी तथा करमा पाएको छुट समाप्त हुँदा चिलिमेलाई मार परेको हो ।

यद्यपि चिमिलेको सह–कम्पनीबाट कुल २७०.०३ मेगावाट क्षमताका ४ आयोजनाबाट विद्युत बिक्री थालेपछि आम्दानीमा फड्को मार्ने आशा गर्न सकिन्छ । साथै हाल अध्ययनको क्रममा रहेका ४२० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना, १६५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना तथा ६० मेगावाट क्षमताको चुमचेत स्यार खोला जलविद्युत आयोजना छन् ।

यी आजोजनाका लागि पुंजी संकलन गरी निर्माण कार्य बढाउनु निकै चुनौती रहेको वितीय विवरणमा उल्लेख छ । छिटो समयका लागि नाफाभन्दा पनि दीर्घकालीन लगानीका लागि भने चिलिमे उपयुक्त कम्पनी हो ।

 

प्रतिक्रिया